कारोबारकर्मी नवोदित पुरस्कृत «

कारोबारकर्मी नवोदित पुरस्कृत

विराटनगर-धरणीधर पुरस्कार प्रतिष्ठानले यस वर्षको राष्ट्रिय पुरस्कारबाट कारोबार दैनिकका १ नम्बर प्रदेश संयोजक मीनकुमार नवोदितलाई पुरस्कृत गरेको छ ।
डेढ दशकभन्दा लामो समयदेखि पत्रकारिता र साहित्यमा सक्रिय नवोदितलाई प्रतिष्ठानले पत्रकारिता पुरस्कार प्रदान गरेको हो । १ सय २६ औं धरणीजन्यतीको अवसरमा १५ हजार राशिको धरणीधर राष्ट्रिय सम्मान नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला, प्रदेश सांसद केदार कार्की, विराटनगर महानगरपालिका वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र न्यौपाने र प्रतिष्ठानका अध्यक्ष कृष्णराज कोइरालाले पत्रकार नवोदितलाई दोसल्ला ओढाएर संयुक्त रुपमा नगद र सम्मानपत्र प्रदान गरेका थिए ।
त्यस्तै प्रतिष्ठानले यस वर्षको धरणीधर राष्ट्रिय कला पुरस्कारबाट वरिष्ठ कलाकार माया पौडेल र धरणीधर राष्ट्रिय साहित्य पुरस्कारबाट साहित्यकार मञ्जु श्रेष्ठलाई पुरस्कृत गरेको छ । विगतमा धरणीधर राष्ट्रिय पुरस्कारबाट एकजनालाई मात्रै पुरस्कृत गर्दै आएकोमा यस वर्ष पत्रकारिता, कला र साहित्य गरी तीन विधाका व्यक्तिलाई संयुक्त रुपमा प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष कृष्णराज कोइरालाले जानकारी दिए ।
त्यस्तै प्रतिष्ठानले प्रतिष्ठानले विराटनगर वडा नम्बर ११ र १२ नम्बर वडामा बसोबास गर्ने साहित्यकार र ज्येष्ठ नागरिकलाई पनि सम्मान गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्