दसैं तिहारमा खोज सेवा डटकमको उपहार योजना «

दसैं तिहारमा खोज सेवा डटकमको उपहार योजना

काठमाडौं, २५ असोज (कास)ः वडादसैंं, तिहार र छठको अवसरमा खोज सेवा डटकमले सेवा प्रदायकहरुका लागि बम्पर उपहार कार्यक्रम सार्वजनिक गरेको छ ।
घटस्थापनादेखि सुरु भएको बम्पर उपहार कार्यक्रममा एक जना भाग्यशाली सेवा प्रदायकले आफ्नो व्यवसायका लागि निःशुल्क वेवसाइट प्राप्त गर्नेछन् भने बाँकी २ जना सेवा प्रदायकले आफ्नो व्यवसाय, उत्पादन वा सेवाको लागि सामाजिक सञ्जाल र करपोरेट ब्राण्डिङ उपहार प्राप्त गर्नेछन् ।
यसका लागि उनिहरुले खोज सेवा डटकममा सेवा प्रदायककोरुपमा आफनो व्यवसायलाई रजिष्टर तथा अपडेट गर्नु पर्नेछ । यो बम्पर उपहार योजना आगामी छट पर्वको दिनसम्म कायम रहने कम्पनीले जनाएको छ । सेवाग्राही र सेवा प्रदायकबीच सिधा सम्पर्क हुनेगरी इजी एक्सेस प्रालिले ‘खोज सेवा डट कम’ सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्