ग्लोबल आइएमई बैंकले १३.५ प्रतिशत लाभांश दिने «

ग्लोबल आइएमई बैंकले १३.५ प्रतिशत लाभांश दिने

ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७७/०७८ मा आफ्ना सेयरधनीलाई १३.५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।
बैंक सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको १५ औं वार्षिक साधारणसभाको स्वीकृति पश्चात आव २०७७/०७८ को वितरण योग्य मुनाफा समेतबाट सेयरधनीलाई २ अर्र्ब ९२ करोड बराबरको १३.५ प्रतिशत लाभांश (बोनश सेयर १० प्रतिशत र नगद लाभांश ३.५० प्रतिशत) वितरण गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरेको छ ।
हाल बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ रहेकोमा प्रस्तावित १० प्रतिशत बोनस सेयर वितरण पश्चात चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँ पुग्ने छ । त्यस्तै, नगद लाभांश वितरण पश्चात बैंकको कूल पुँजीकोष ३६ अर्ब ९२ करोड रुपैयाँ रहने बैंकले जनाएको छ । देशमा सञ्चालित कुनै पनि वाणिज्य बैंकहरु भन्दा यो पुँजीकोष अत्यधिक रहेको बताइएको छ ।
ग्लोबल आइएमई बैंकले आव २०७७/०७८ मा ४ अर्ब १६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । १० प्रतिशत बोनश सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँ पुग्ने बैंकले जनाएको छ ।
बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आएको जनाएको छ । बैंकले भारत, अष्ट्रेलिया र बेलायतमा प्रतिनिधि कार्यालय खोली बैकिङ कारोबर गर्दै आएको छ ।
कूल २७७ अर्ब निक्षेप तथा २६५ अर्बकर्जा लगानी रहेको बैंकको हाल ७६ जिल्लामा २८० शाखा, ४७ राजस्व संकलन तथा एक्सटेन्सन काउण्टर, २५० एटीएम, तथा २५७ शाखारहित बैंकिङ सेवा तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्