एक्साइडको ५० प्रतिशतसम्म क्यासब्याक अफर «

एक्साइडको ५० प्रतिशतसम्म क्यासब्याक अफर

नेपालको लागि एक्साइड ब्याट्रीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले हालै चाडपर्वको अवसरमा एक्साइड क्यास ब्याक अफर ल्याएको छ ।
योजना अन्तर्गत ग्राहकहरुले एक्साइड ब्याट्रिसँग जुनसुकै ब्राण्डका ब्याट्रीहरु साटेर क्यास ब्याक फिर्ता पाउन सक्नेछन् । हरेक महिना १२ जना भाग्यशाली ग्राहकले २५ प्रतिशत देखि ५० प्रतिशतसम्म नगद फिर्ता पाउन सक्ने कम्पनीले जनाएको छ । यो योजना एक्साइडका अटोमोटिभ, इन्भर्टर, सोलार र मोटरसाइकलको ब्याट्रीहरुमा सीमित अवधिको लागि मात्र लागु हुने कम्पनीले बताएको छ ।
यो अफरको लागि ग्राहकहरुले एक्साइड ब्याट्रीको नेपालभर रहेका डिलरहरु मार्फत पुरानो ब्याट्रीको मुल्यांकन गराई नयाँ ब्याट्रीसँग एक्सचेन्ज गर्न सकिनेछ । यसको साथै यो अवधिभर एक्साइड ब्याट्रीहरु एक्सचेन्ज गर्ने सबै ग्राहकले स्योर शट गिफ्ट पाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्