डिशहोम फाइबरनेट सेवा भरतपुर र गैंडाकोटमा «

डिशहोम फाइबरनेट सेवा भरतपुर र गैंडाकोटमा

देशको विभिन्न स्थानमा डिशहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरिसकेको छ ।
नेपालभर पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हालै भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र गैंडाकोटमा पुगेको बिक्री प्रबन्धक मनोज शर्माले जानकारी दिएका छन् ।
डिशहोम फाइबरनेट नेपालका प्रमुख शहरहरु पुगिसकेको र चाँडै नै नेपालगञ्ज र धनगढीमा पनि पुग्ने कम्पनीले जनाएको छ । अब ग्राहकलाई उत्कृष्ट तथा उच्च गतिको इन्टरनेट सबै भन्दा कम मूल्यमा डिशहोम फाइबरनेटले प्रदान गर्ने कम्पनीको दाबी छ ।
ग्राहकहरुले मासिक मात्र ८९९ मै १०० एमबीपीएस इन्टरनेटको मज्जा ५ जि ड्युल व्याण्ड राउटरको साथमा लिन सकिने बताइएको छ । असोज ११ गतेदेखि लागू भएको यो योजना अन्तरगत डिशहोम फाइवरनेटको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहक स्पेन घुम्न जान पाउने छन् । स्पेन जाने चार भाग्यशाली विजेताहरुको छनौट लक्की ड्र मार्फत गरिने छ । लक्की ड्रको प्रत्यक्ष प्रशारण रमाइलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमको अन्य च्यानलहरुमा हुने छ ।

प्रतिक्रिया दिनुहोस्