व्यापार युद्ध : भाइ फुटे गवार लुटे «

व्यापार युद्ध : भाइ फुटे गवार लुटे

पछिल्लो समयमा अमेरिका चीनबीच व्यापार युद्ध चर्किएको छ । यद्यपि केही समयपछि व्यापार वार्ताको नाममा केही समयका लागि अड्किएको जस्तो देखिएको छ । अमेरिकाले सुरु गरेको यो व्यापार युद्धमा चीनले पनि बदलाको कारबाही गरेको छ । यसले विश्वव्यापी व्यवसायका लागि ठूलो अवरोधको अवस्था सिर्जना गरेको छ । यो युद्धले अमेरिका चीन दुवैलाई घाटा भए पनि यसबाट फाइदा लिने मुलुकको पनि कमी छैन ।
यदि यी दुई मुलुकबीचको व्यापार युद्धले चर्को रूप लियो भने युरोप, मेक्सिको र क्यानाडाका कम्पनीहरूले निर्यात अर्डरमा दसौं अर्ब डलरको माग पाउन सक्छन् । यो कुरा हालसालै मात्र यूएन कन्फेरेन्स अन ट्रेड एन्ड डेभलपमेन्टले सार्वजनिक गरेको अध्ययन–प्रतिवेदनले पनि देखाएको छ ।
अंकटाडकी अन्तर्राष्ट्रिय व्यापार विभागकी प्रमुख पामेला कोक–ह्यामिल्टनले पनि अमेरिका–चीनबीचको भन्सारको असरले विश्व बजारलाई तोडमोड गर्न सक्ने बताइसकेकी छन् । अमेरिका–चीनबीचको द्विपक्षीय व्यापार ओरालो लाग्ने र यसलाई अन्य मुलुकहरू जस्तै जापान, मेक्सिको र युरोपले विस्थापित गर्न सक्छन् ।
अध्ययनले भन्सारले अमेरिका र चीनको आन्तरिक फर्महरूलाई केही मात्रामा मात्रै फाइदा हुने देखाइसकेको छ । यदि उनीहरूले अन्य मुलुकका निर्यातकर्तालाई फाइदा पु¥याउने अवस्थाको सिर्जना गरे भने उनीहरूले विश्वमा यसको नकारात्मक असर पनि छोड्नेछन् ।
अमेरिका र चीन दुवै मुलुकका सरकारहरू मार्च २ भन्दा अगावै सम्झौतामा आउनका लागि आतुर देखिएका छन् । यदि यी मुलुकहरू समयसीमाभन्दा अगावै सम्झौतामा पुग्न असफल भएमा अमेरिकाले २ सय अर्ब डलरका चिनियाँ सामग्रीमा हाल लगाइँदै आएको १० प्रतिशतको भन्सारलाई २५ प्रतिशतमा पु¥याउने चेतावनी दिइसकेको छ ।
नयाँ भन्सारले जुलाईदेखि ३ सय अर्ब डलरभन्दा बढीको अमेरिका–चीन व्यापारमा असर परेको छ । यसको २ सय ५० अर्ब डलर अन्य अर्थतन्त्रमा सर्न सक्ने अनुमान संयुक्त राष्ट्र संघको छ ।
यसको ठूलो हिस्सा अर्थात् ७० अर्ब डर युरोपेली संघमा जाने देखिन्छ । यो ब्लकको अर्थतन्त्र विश्वव्यापी रूपमा प्रतिस्पर्धी भएको र आफ्नो निर्यातलाई बढाउन सक्ने सम्भाव्यताका कारण अमेरिका–चीन व्यापारयुद्धबाट पलायन हुने निर्यात यो क्षेत्रमा जाने देखिन्छ । मेक्सिको, जापान र क्यानले पनि नयाँ निर्यातमा २० अर्ब डलरको हिस्सा लिने देखिएको यूएनको रिपोर्टले देखाएको छ ।
द्विपक्षिय भन्सारले विश्वव्यापी प्रतिस्पर्धाको विकल्प दिने यूनले बताउँदै आएको छ ।
तर, व्यापार युद्धको असरबाट केही मुलुकले लिने लाभलाई अन्य पक्षले कम आँक्न सक्छ । यसले चीनको आर्थिक वृद्धिमा सुस्तता आउँछ र विश्वव्यापी बजारमा अस्थिरता ल्याउयन सहयोगी भूमिका निर्वाह गर्छ ।
लगातरको भन्सार युद्धले अभैm पनि धरमरको अवस्थामा रहेको विश्वव्यापी अर्थतन्त्रमा थप चोट पु¥याउने देखिन्छ । विश्वव्यापी आपूर्ति सञ्जालमा अवरोध पु¥याएर बस्तु मूल्य तथा वित्तीय बजारमा अस्थिरता सिर्जना गरेर यो अवस्था आउन सक्ने यूएनको प्रतिवेदनले पनि जनाइसकेको छ । थप मुलुक पनि आफ्नै भन्सार लगाएर व्यापार विवादमा फस्न सक्ने चेतावनी पनि यूएनले जारी गरिसकेको छ । यसले व्यापार युद्ध मुद्रा युद्धमा पनि परिणत हुन सक्ने छ ।
भन्सारले आफ्नोतर्फ मोड्ने व्यापारबाट केही युरोपेली उद्योगहरूले फाइदा लिए पनि धेरै मुलुकका ठूला कम्पनीहरू प्रभावित हुन सक्नेछन् ।
उच्च गुणस्तरको सवारी अमेरिकामा निर्माण गरेर चीनमा बिक्री गर्दै आएका जर्मन अटो निर्माताहरू डेमलर र बीएमडब्लूले चीनले अमेरिका निर्मित कारमा लगाएको भन्सारले आफ्नो नाफा प्रभावित भएको गत वर्ष नै बताइसकेका छन् ।
अमेरिका–चीन विवादले केही अर्थतन्त्रका प्रमुख उद्योगहरू पनि प्रभावित हुने भएका छन् । अमेरिकी भटमासमा चीनले लगाएको भन्सारले चिनियाँ आयातकर्ताहरू ब्राजिलतर्फ सरेका छन् ।
तर ब्राजिलका किसानहरू पनि यो विकासक्रमलाई छोप्न संघर्षरत अवस्थाबाट गुज्रेका छन् । यदि भन्सार युद्ध रोकियो भने आफ्नो ठूलो लगानी जोखिममा पर्न सक्ने सम्भावनाका बीच उनीहरू भटमासमा लगानी गर्नका लागि आनाकानी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्