बाल्ट्रामा हरेक हप्ता सुनको सिठ्ठी जित्ने मौका «

बाल्ट्रामा हरेक हप्ता सुनको सिठ्ठी जित्ने मौका

बाल्ट्राले चाडपर्वको यो मौसममा ‘बाल्ट्रा बडा उत्सव’ उपहार योजना ल्याएको छ । उपहार योजनामा सहभागी ग्राहकहरुबाट हरेक हप्ता १ जनाले गोलाप्रथामार्फत सुनको सिठ्ठी (२२ क्यारेट, ४ ग्राम नेट तौल) जित्न सक्ने कम्पनीले जनाएको छ ।
नेपालभर रहेका हाम्रा आधिकारिक बिक्रेताबाट बाल्ट्राका जुनसुकै सामानको खरिद गर्ने ग्राहक यस प्रतियोगितामा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उपहार दाबी गर्नका लागि विजेताले सामान खरिद गरेको भ्याट÷प्यान बिल ल्याउनुपर्ने छ ।
साथै उपहारमा लागू हुने कर विजेता आफंैले व्यहोर्नुपर्ने छ । यस उपहार योजना सीमित अवधिका लागि मात्र लागू गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्