क्यानडाका घरघरमा जुम्ली मार्सी र सिमि «

क्यानडाका घरघरमा जुम्ली मार्सी र सिमि


चितवन जिल्ला स्थायी घर भएका डाक्टर पूर्ण कँडेल यतिबेला क्यानडाका घरघरमा जुम्ली मार्सी र सिमिको स्वाद चखाउन व्यस्त छन् । गोलोबल व्यापारीका रूपमा आफ्नो परिचय स्थापित गरिसकेका डा. कँडेलले जुम्लाका कृषि विज्ञ राज शाहीसँंगको सहकार्यमा पहिलो पटक क्यानडामा २० टन जुम्ली मार्सी, सिमि, कोदो निर्यात भएको थियो । त्यसपश्चात जुम्ली मार्सी र सिमिको बजारीकण क्यानडामा बढ्दै गएको छ । क्यानडाका घरघर, गल्ली गल्लीमा डा. कँडेलले जुम्लाको मार्सी सिमि पु¥याइरहेका छन् ।
जसरी नेपालमा प्रचण्ड र केपीले मार्सी प्रयोग गरेसंँगै चर्चामा आयो, मूल्य बढ्यो माग बढ्यो । त्यसरी नै जुम्लाका राज शाही र गोलोबल व्यापारी डा. पूर्ण कँडेलका कारण जुम्ली मार्सी र सिमिले यतिबेला अन्तर्राष्ट्रिय बजार पाएको छ । अन्तर्राष्ट्रिय बजारमा जुम्ली मार्सी सिमिको माग बढ्नुमा डा. कँडेलको योगदान प्रशंसनीय छ ।
जुम्लाको सिमि, मर्सीधानको चामल, कोदोलगायतका अन्य रैथाने बालीको अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएको लायम कर्पोरेसन क्यानडाका प्रमुख डा.पूर्ण कँडेलले बताए । उनले भने, “कर्णालीमा ठोस कृषि नीतिको अभाव, व्यावसायिक कृषि योजनाको अभाव, गुणस्तरीय उत्पादन, लेबलिङ प्याकेजिङ तथा बजारीकरणको अभाव देखिन्छ । कर्णाली प्रदेश सरकार तथा स्थानीय सरकारले कृषिमै लगानी गरे आर्थिक समृद्धि सम्भव छ ।”
करिब १५ वर्षदेखि क्यानडामा विभिन्न प्रकारका व्यापार व्यवसाय गर्दै आएका डा. कँडेलले नेपालबाट उच्च ओहोदाको सरकारी जागिरसमेत छोडेर गएका हुन् । विषादीसहित गुणस्तरीय कृषि उत्पादनको स्वादले सबैको मन तान्छ । त्यसैले कर्णालीमा कृषि क्रान्ति नै ल्याउने गरी सरकारी तथा गैरसरकारी निकायबाट लगानी र विभिन्न कार्यक्रम हुनुपर्नेमा जोड दिए ।
आजभोलि दैनिकजसो जुम्ली मार्सी र सिमिको बजारीकरणमै समय बिताउने गरेको छ । क्यानडामा बस्ने नेपाली लगायत क्यानडाका नागरिकसमेत दैनिक डा. कँडेललको सम्पर्कमा आएर मार्सी सिमि लिनेको घुइँचोसमेत लाग्ने गरेको छ । दुर्गम जुम्लामा उत्पादन भएको मार्सी र सिमि जुम्लामा राज शाही र डा. पूर्ण कँडेलका कारण क्यानडाका घरघरमा मार्सी र सिमि पुगेको हो । क्यानडामा मार्सी र सिमि प्रयोग गरिसकेकाबाट स्वाद निकै मिठो भएको र यसको निर्यात बढाउनु पर्ने सुझाव आएका छन् ।
अन्तर्राष्ट्रिय बजारको मागअनुसार उत्पादन कर्णालीमा भएको खण्डमा त्यसको निर्यातका लागि प्रक्रियागत कुरामा आफूले सहयोग गर्ने समेत भनाइ छ । किसानलाई सम्मान, कृषि क्षेत्रलाई बढवा, गुणस्तरीय उत्पादनजस्ता कृषि नीति निर्माण बिना कृषि क्षेत्रबाट अपेक्षित उपलब्धि हुन अझै समय लाग्ने देखिन्छ ।
साथै व्यावसायिक योजना बिना कुनै पनि व्यवसाय सफल नहुने भएकाले कर्णालीको रैथाने कृषि उत्पादनलाई विश्व बजारमा चिनाउन र आर्थिक आम्दानीसँंगै किसानको जीविकोपार्जन सुधार गर्न स्पष्ट कृषि नीति र व्यावसायिक योजना आवश्यक रहेकाले यसमा सम्बन्धित निकायको ध्यान पुग्न जरुरी छ ।
पछिल्लो समय क्यानडामात्र नभई विभिन्न देशमा जुम्ली मार्सी, सिमिको माग अत्यधिक बढेको भए पनि कर्णालीको उत्पादनले पु¥याउन सकेको छैन । क्यानडामा डा. कँडेलले जुम्ली मार्सी सिमिको बजारीकरणमा दिएको योगदान र विदेशी नागरिकको मार्सी र सिमिको माग हेर्दा हाम्रो सबै उत्पादन निर्यात गर्दा पनि पुग्ला जस्तो छैन ।

प्रतिक्रिया दिनुहोस्