‘रेल्वे विधेयक २०७६’ फिर्ता «

‘रेल्वे विधेयक २०७६’ फिर्ता

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सोमबार पनि प्रतिनिधिसभाको बैठकमा बिरोधका बीच ‘रेल्वे विधेयक २०७६’ फिर्ता भएको छ ।
सोमवारको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको बिरोधका बीच प्रतिनिधिसभाबाट ‘रेल्वे विधेयक २०७६’ फिर्ता भएको हो । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले नेपालको संविधानको धारा २९४ बमोजिम मधेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७०७८ को पेश गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक आगामी कात्तिक ९ गते मंगलवार दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्