सिटिजन बैंक लुट्न खोज्ने तीन जना पक्राउ «

सिटिजन बैंक लुट्न खोज्ने तीन जना पक्राउ

विराटनगर – मोरङको धनपालथान गाउँपालिकाको कर्सियामा बैंक लुट्न खोज्ने तीन जनालाई पक्राउ गरेको छ ।
दुई जना भारतीयसहित तीन जनालाई प्रहरीले नेपाल भारत सीमा नाका मोरङको धनपालथान गाउँपालिका २ खैरवनाबाट सोमबार पक्राउ गरेको हो । प्रहरीले भारतको अररिया जिल्लाको शिवपुरदेखि ३२ वर्षीय सुनील यादव, भारत गौराहाका ३५ वर्षीय विजय बहरदार र विराटनगर–३ मुनालपथका ३२ वर्षीय श्याम मुखियालाई पक्राउ गरेको छ ।
प्रहरीले उनीहरूलाई भारततर्फ भाग्न लाग्दा सीमा नाकादेखि पक्राउ गरेको मोरङ प्रहरीका प्रमुख एसपी जर्नादन जिसीले जानकारी दिए । बैंक लुट्ने प्रयास असफल भएपछि को २५ प ३८९९ नम्बरको पल्सरमा भारततर्फ भान्न खोज्दा प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले लुटेरालाई पक्राउ गर्न खोज्दा भारतीय नागरिक विजय बहरदार बायाँ खुट्टामा गोली लागेको छ ।
प्रहरीले लुटपाटमा प्रयोग गरेको कटुवा पेस्तोल खैरवनास्थित बाँस झ्याङदेखि बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले पेस्तोल बाँसझ्याङमा रातो कपडाले बेरेको अवस्थामा बरामद गरेको छ । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखेर अनुसन्धान सुरू गरेको छ । घटनाको अनुसन्धान भइरहेको एसपी जिसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्