जनशक्ति युवा क्लबद्वारा सरसफाइ तथा शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न «

जनशक्ति युवा क्लबद्वारा सरसफाइ तथा शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न

सर्लाहीको चक्रघटा गाउँपालिकामाजनशक्ति युवा क्लबद्वारा सरसफाइ तथा बडा दसैंको शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । चक्रघटा गाउँपालिका–५ पडरिया टोल विभिन्न सार्वजनिक ठाउँमा सरसफाइ गरी शुभकामना अदानप्रदान गरिएको क्लबको सचिव बलरामप्रसाद साहले बताए ।

कार्यक्रममा बोल्दै अध्यक्ष धीरेन्द्र ठाकुर हिन्दुहरुको महान चाड बडादसैंको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुस्वास्थ, दीर्घआयु र उत्तरोत्तर प्रगतिको कामना गर्दै हाम्रो पुरानो मौलिक धर्म संस्कृति र संस्कारको संरक्षण, सम्बद्र्धन र उत्थानमा जोड दिए ।
पश्चिमी संस्कृतिको प्रभावर आधुनिकताको नाममा नयाँ युवा पुस्ताद्वारा विदेशी संस्कृतिको अनुसरण गर्ने प्रवृत्तिका कारण हाम्रो मौलिक संस्कृतिर संस्कार संकटमा परेका छन, अध्यक्ष ठाकुर भने । विदेशी संस्कृतिको प्रभावले देशको भोलिको कर्णधार मानिने युवा पुस्ता कुलत दुव्र्यसनीमा लाग्नुको साथै समाजमा हत्या, हिंसा, अपराध तथा असमाजिक गतिविधि बढ्दै गएको प्रतिगहिरो दुःख प्रकट गरे ।
गत वर्षको दसैंदेखि अभियानका रूपमा संचालन गरेको सरसफाई कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने क्लबको कोषाअध्यक्ष संचिव चौधरीले बताए ।
यो वर्षको बड़ा दसैं, शुभदीपावली तथा छठ पर्वको पावन अवसरमा गाउँपालिका स्तरीय दौड प्रतियोगिता र संस्कृति कार्यक्रम गर्ने हाम्रो योजना छ ।

प्रतिक्रिया दिनुहोस्