फोर्डको रोडसाइड असिस्टेन्स योजना «

फोर्डको रोडसाइड असिस्टेन्स योजना

फोर्ड नेपालले चाडपर्वको उपलक्ष्यमा आफ्ना ग्राहकको सहज र झन्झटरहित यात्राका लागि रोडसाइड असिस्टेन्सको घोषणा गरेको छ ।
आउँदो दसैं र तिहारलाई मध्यनजर राख्दै आफ्नो ग्राहकवर्गको सुविधाको लागि रोडसाइड असिस्टेन्सको योजना ल्याएको हो । दसैंमा नेपालभित्र आवतजावत धेरै हुने गर्छ । फोर्ड नेपालको चाडपर्वको समयमा व्यापार व्यवसाय बन्दहुने र कामदारको कमी हुने कारणले गर्दा गाडी बिग्रिएको अवस्थामा स्थानीय सर्भिस पाउन कठिन हुन्छ ।
“फोर्ड नेपालले नेपालका प्रमुख दुई राजमार्गलाई लक्षित गर्दै सिन्धुली र कुरिनटारमा सर्भिस क्याम्प नै स्थापना गरी ग्राहकवर्गलाई सेवा प्रदान गर्नेछ । यो स्थानहरु काठमाडौंबाट बाहिरिने मुख्य बाटोमध्ये पर्दछ । नेपालको अरु स्थानमा ग्राहकहरुको सेवा सुविधाको लागि नेपालभरी रहेको सर्भिस सुविधा सञ्जाल सक्रिय अवस्थामा रहने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्