आइसी डिजाइनर्स रनवे «

आइसी डिजाइनर्स रनवे

कोरोना भाइरस महामारीको जोखिमका कारण सेलाएको फेसन इण्डस्ट्री बिस्तारै चलायमान हुन थालेको छ ।
विगत दुई वर्ष यता कोरोना भाइरस महामारीको जोखिमका कारण सेलाएको फेसन इण्डस्ट्री बिस्तारै चलायमान हुन थालेको हो । इण्डस्ट्रीलाई चलायमान बनाउन शनिवार काठमाडौंमा आइसी कलेजले आर्ट एण्ड फेशनको १० औं संस्करणको अडिशन राउण्ड सुरु गरेको छ ।
कार्यक्रममा आयोजक रवि धमलाले नदेखिने गरी ठूलो क्षति भएको क्षेत्र नै फेसन इण्डस्ट्री भएको बताए । उनले २ वर्षमा कुनैपनि फेशनका गतिविधिहरु गर्न नपाएको गुनासो गर्दै इण्डस्ट्रीलाई चलायमान बनाउन बिस्तारै भएपनि सुरु गरेको बताए । उनले नेपाली र पश्चिमेली कल्चरसँग सम्बन्धित ड्रेस शो गरिने बताए । फेशनमा नेपालमा बजार राम्रो रहेको बताउँदै उनले सरकारले नेपाली कला, संस्कृतिलाई विश्वमा बिस्तार गर्नको लागि पहल गर्नुपर्ने बताए ।
अडिशन राउण्डमा ३०० भन्दा बढी मोडलहरुको सहभागी थियो भने ७३ जना बढी डिजाइनरहरुले आफ्नो डिजाइन प्रस्तुत गरेका छन् । शोको फाइनल आगामी १८ डिसेम्बरमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्