इण्डिगो पेन्ट्सका वातावरणमैत्री उत्पादन बजारमा «

इण्डिगो पेन्ट्सका वातावरणमैत्री उत्पादन बजारमा

इण्डिगो पेन्ट्सले डिस्टेम्पर, इनामेल, इमल्सन, वेदरकोट, प्राइमर, वालपुट्टी लगायतका तीन दर्जन भन्दा बढी सेगमेन्टमा रंगहरुको उत्पादन गर्दै आएको छ ।
इण्डिगो पेन्ट्स नेपाली पेन्ट बजारमा वाटर बेस इनामेल, फ्लोर कोटिङ इमल्सन र लोटस इफेक्ट पेन्ट उत्पादन गर्ने एकमात्र उत्पादक रहेको कम्पनीको दावी छ । कम्पनीका उत्पादन वातावरणमैत्री रहेका बताइएको छ । वार्षिक ३५ सय टन रङ उत्पादन गर्दै आएको इण्डिगो पेन्ट्सले उद्योगको क्षमता विस्तार गरी आगामी आर्थिक वर्षमा उत्पादन सुरु हुने गरी नवलपरासीमा हालको भन्दा ४ गुण क्षमता वृद्धिसँगै नयाँ प्लान्ट स्थापना गर्ने जनाएको छ ।
देशका सबै प्रदेशका प्रमुख शहरहरुमा ३ सय ५० डिलरबाट कम्पनीका उत्पादन बिक्री वितरण भइरहेका छन् । रंग उत्पादनको क्षेत्रमा दुई दशक भन्दा लामो अनुभव हासिल गरेका व्यक्तिहरुद्वारा प्रवद्र्धित कम्पनीले ७५ जना लाई प्रत्यक्ष रोजगारी दिएको छ । गुणस्तरीय र सुलभ मूल्यमा इण्डिगोका रंग उपलब्ध भएकाले उपभोक्ताले निकै मन पराएको कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्