डिप्रोक्स लघुवित्तको २१.०५ प्रतिशत लाभांश पारित «

डिप्रोक्स लघुवित्तको २१.०५ प्रतिशत लाभांश पारित

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले २०औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । चितवनमा सम्पन्न सभाले २१.० ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
२० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल २१.०३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापुँजी एक अर्ब ३८ करोडभन्दा बढी पुग्नेछ । साथै सभाले आव २०७७÷०७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ ।
सभाले सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालकमा रीता पौडेल, रमेशकुमार रघुवंशी र बासुप्रसाद उपाध्याय निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्