शिवम् सिमेन्टद्वारा लाभांश घोषणा «

शिवम् सिमेन्टद्वारा लाभांश घोषणा

उत्पादनमूलक समूहको शिवम् सिमेन्टले लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको २९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले प्रस्तावित लाभांश पारित गर्नको लागि आउँदो कात्तिक १६ गतेको लागि छैटौं वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले तिहारअगाडिको लागि लाभांश वितरण गर्ने गरी नगद लाभांश घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्