एनआईसी एसियाको शाखा झापाको झिलझिलेमा «

एनआईसी एसियाको शाखा झापाको झिलझिलेमा

एनआईसी एसिया बैंकको नयाँ शाखा शिवसताक्षी नगरपालिका–८, झापामा खुलेको छ । झिलझिले शाखाको बिहीबार नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले उद्घाटन गरेका हुन् । शाखा सञ्जाल, पुूजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एसिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । बैंकले देशभर १ सय ५७ शाखा कार्यालयहरु, १ सय ४६ एटिएम एवम् ४ एक्स्टेन्सन काउन्टरहरु मार्फत ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्