मुक्तिनाथ विकास बैंकद्वारा नेपाल प्रहरीसँग साझेदारी «

मुक्तिनाथ विकास बैंकद्वारा नेपाल प्रहरीसँग साझेदारी

मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत दुई छुट्टा छुट्टै कार्यक्रममा महानगरीय प्रहरी वृत्त दरबारमार्ग र महानगरीय प्रहरी वृत्त मालीगाँउसँग साझेदारीमा जनचेतनामुलक प्रहरी चेकिङका लागि बोर्ड, महत्वपूर्ण सम्पर्क नम्बर समेटिएका स्टिकरस्, मास्क लगाउन आग्रहका लागि स्ट्यिाण्डी आदि जस्ता सामग्रीहरु हस्तान्तरण गरेको छ ।
यस सहयोगबाट बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै सबै क्षेत्रका नागरिकको हितमा काम हुने र चाडपर्वको बेला अपराध नियन्त्रण तथा रोकथाममा केही सहयोग पुग्ने विश्वास लिएको छ ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभर रहेका नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
त्यसै गरी मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मालगायतका सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्