मेटलाइफद्वारा वितरण प्रतिनिधि सम्मान «

मेटलाइफद्वारा वितरण प्रतिनिधि सम्मान

मेटलाइफ नेपालले आफ्ना उत्कृष्ट एजेन्सी प्रतिनिधिलाई सम्मान गरेको छ ।
नेपाल सरकारले तोकेको स्वास्थ्य र सुरक्षा सम्बन्धी सबै मापदण्डहरु पालना गरी आयोजना गरिएको कार्यक्रममा कम्पनीका शीर्ष अधिकारीहरु, योग्य एजेन्सी प्रबन्धकहरु, युनिट प्रबन्धकहरु र देशभरका फिल्ड प्रतिनिधिहरुले उपस्थित थिए ।
ग्राहकहरुलाई आफ्नो जीवनमा अघि बढ्न मद्दत गर्ने मनसायका साथ मेटलाइफ नेपाल गत वर्षदेखि नै सबै ग्राहकलाई सहज डिजिटल सेवाहरु प्रदान गर्न ध्यान केन्द्रित गरेको जनाएको छ । कम्पनीले ग्राहकका लागि अनलाइन प्रिमियम भुक्तानी सेवा प्रदान गर्ने पहिले जीवन बिमा कम्पनी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्