घाइते प्लम्बरलाई मंगलम इन्डष्ट्रिजको सहयोग
सीपीभीसी पाइप्स तथा फिटिङ्स उत्पादक कम्पनी मंगलम इन्डष्ट्रिज प्रालिले आफ्नो सामाजिक उत्तरदायित्व सेवा अन्तर्गत धनगढीका प्लम्बर विजय चौधरीलाई ५० हजार रुपैयाँको औषधी खर्च प्रदान गरेको छ ।
विगत १५ वर्षदेखि प्लम्बिङ क्षेत्रमा काम गर्दै आइरहेका चौधरी गत भदौ ११ गते कार्यस्थलमा घाइते भएका थिए । लामो समयदेखि मंगलम पाइप्सको प्रयोग गर्दै आएका घाइते चौधरीको उपचार खर्चको लागि असोज ६ गते सो रकम उपलब्ध गरिएको हो ।
मंगलम इन्डष्ट्रिजका प्रबन्ध निर्देशक अभिनव चुरिवालले कर्मचारीलाई आवह्यक परेको बेलामा सहयो गर्न पाउँदा खुशी लागेको बताए । उनले मंगलम इन्डष्ट्रिज सामाजिक उत्तरदायित्व निर्वाह र वातावरण संरक्षणमा पनि सधैं क्रियाशिल रहने बताए । मंगलम इन्डष्ट्रिज नेपालको पहिलो सीपीभीसी पाइप फिटिङ्स उत्पादक तथा पोलिमर पाइपिङको अग्रणी उत्पादक तथा निर्यातकर्ता कम्पनी हो ।