महिला लघुवित्तद्वारा ५० प्रतिशत लाभांश घोषणा «

महिला लघुवित्तद्वारा ५० प्रतिशत लाभांश घोषणा

महिला लघुवित्त वित्तिय संस्थाले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट सेयरधनीहरुलाई ४५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ समेत) गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले आव २०७७/०७८ को वितरणयोग्य मुनाफा रकमबाट सेयरधनीलाई हाल कायम रहेको चुक्ता पुँजी १० करोडको ४५ प्रतिशत अर्थात ४ करोड ५० लाख बराबरको बोनस सेयर तथा ५ प्रतिशत अर्थात ५० लाख बराबरको नगद लाभांश (कर प्रयोजनार्थ समेत) वितरण गर्ने निर्णय गरेको हो ।
सञ्चालक समितिले निर्णय गरेको सो लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति भए पश्चात साधारण सभाको छलफलमा समावेश गरिनेछ । प्रस्ताव गरिएको लाभांश वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र योग्य सेयरधनीले सो लाभांशमा दाबी गर्न पाउनेछन् ।
लघुवित्तले सेयरधनीलाई पहिलो पटक नै आकर्षक लाभांश वितरण गरेको हो । चार वर्षअघि स्थापित कम्पनीले गत माघमा सर्वसाधारणमा ४ लाख कित्ता आईपीओ बिक्री गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्