हास्यव्यंग्य क्षेत्रमा रमेका बैंकर शाक्य «

हास्यव्यंग्य क्षेत्रमा रमेका बैंकर शाक्य

काठमाडौं चाबहिल सरस्वतीनगरका माणिकरत्न शाक्य पेसाले बैंकर हुन् । उनले राष्ट्रिय वाणिज्य बैंकमा करिब चार दशक बिताइसकेका छन् । बैंकका जागिरे भए पनि जागिरको सिलसिलामा उनी जहाँजहाँ पुग्छन्, त्यहींको परिवेशमा आधारित घटनाक्रमलाई संगालेर हास्य व्यंग्यात्मक पुस्तक प्रकाशन गर्छन् । उनले चारवटा कृति प्रकाशन गरिसकेका छन् भने दर्जन प्रकाशनको सम्पादन पनि गरेका छन् । आफ्नै भ्mयाइँकुटी, अर्को झ्याइँकुटी, बाल्यकालको उपद्रो र भ्mयाइँकुटी झ्याइँझ्याइँ उनका कृतिहरू हुन् ।
०३६/३७ सालदेखि कलाकार मदनकृष्ण श्रेष्ठको यमलोक प्रहसनबाट प्रभावित भएर हास्यव्यंग्य क्षेत्रमा लागेका शाक्य हाल राष्ट्रिय वाणिज्य बैंकको बागमती प्रदेश कार्यालयमा कार्यरत छन् । ०४१ सालदेखि हास्यव्यंग्य साहित्यमा लागेका उनी सिस्नोपानी नेपालका संस्थापक पनि हुन् । उनले कृतिको लेखकस्व मृगौलापीडित बिरामी र अनाथ बालबालिकालाई सहयोग गर्दै आएको बताए । अहिलेसम्म चारजना मृगौलापीडितका लागि सहयोग भएको छ भने अनाथ बालबालिकाका लागि पोखरामा बालहित कोष अक्षयकोषमा एक लाख ११ हजार एक सय ११ रूपैयाँ लगानी भएको छ ।

प्रतिक्रिया दिनुहोस्