कमाई नहुँदा विपन्नलाई आएन दसैंको रौनक «

कमाई नहुँदा विपन्नलाई आएन दसैंको रौनक


पातारासी गाउँपालिका ५ लुमका मिमबहादुर बुढाको मुख्य आयस्रोत भनेकै भेडा पालन हो । भेडा पालेरै घरखर्च चलाउँदै आएका बुढालाई गत वर्ष चट्याङ लागेर सबै भेडा मरेपछि व्यवसायमा बज्रपात भयो । दोस्रो सिजन कमाइको स्रोत भनेको जडिबुटी संकलन हो । तर कोरोना कारण दुई वर्षदेखि पाटन नखुलेपछि कमाई शुन्य छ । करिब १० जनाको उनको परिवारलाई नजिकिँदै गरेको दसैंैमा छाक टार्न मुस्लिकल भएको छ ।
त्यस्तै गत वर्ष चट्यांङ लागेर पातारासी ५ कै जयबहादुर बुढाकाभेडा मरेपछि आम्दानीको स्रोत खोसिएको थियो । बिमा नगरेका कारण कतैबाट राहत पाएनन् । जडिबुटी संकलन गरेर नुन तेल गर्ने सोचेका जयबहादुरलाई कोरोना बाधक बन्यो । दुईवर्षदेखि जडिबुटी संकलनमा रोक लगाउँदा घरखर्च चलाउनै मुस्किल भएको छ ।
मिम बहादुर जयबहादुर जस्तै जडिबुटी र व्यवसायमै निर्भर पातारासी तथा गुठिचौर गाउँपालिकाका सयौ विपन्न नागरिकको घरमा दसैंको रौनक छाएको छैन । त्यस्तै जय बहादुर बुढाले पनि आफ्नो कमाई नहुँदा खास्सै दसैं लागेको जस्तो नभएको सुनाए । जसोतसो भएपनि दसैंै मनाएपछि ऋण जोहो गरेर पनि भेडापालन व्यवसायलाई पुर्नस्थापित गर्ने सोचमा रहेको समेत जयबहादुर बुढाले बताए ।

प्रतिक्रिया दिनुहोस्