Logo

नेपालमा आयुर्वेदको ठूलो सम्भावना छ : आचार्य बालकृष्ण

पाल्पा-पतञ्जली योगपीठका आचार्य बालकृष्णले नेपालमा आयुर्वेदिक स्रोतको ठूलो संभावना रहेको बताएका छन् । तानसेन नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै आचार्य बालकृष्णले नेपालमा रहेको पानी, माटो, जंगल, डाँडाकाँडा, पहाड सबै क्षेत्रमा बहुमूल्य जडिबुटीको स्रोत रहेकाले त्यसको सदुपयोग गर्न सकेमा देशलाई समृद्ध बनाउन सकिने बताए ।
उहाँले करोडौंका जडिबुटीहरू पहिचान अभावमा त्यसै खेर गइरहेको छ, ऋषिमुनिहरूको तपस्या स्थल रहेको नेपालमा आयुर्वेदिक औषधी उत्पादन गरी विश्वबजारमा लैजान सकिने बताए । नेपालको अपार सम्भावना छ, यहाँकाम गर्नको लागि विकासमा सहकार्य गर्न तत्पर रहेको बताए ।
आजविश्वमा आधुनिक तवरले आयुर्वेदको अनुसन्धान भइरहेको छ, त्यसको लागि आफूहरूले अनुसन्धान गर्ने काम गरिरहेको छ । आचार्य बालकृष्णले आफू नेपाली भएको नाताले नेपालको विकासका लागि आएको आयोजनाको प्रतिफल नेपालीकै हितमा खर्चिने बताए ।
उनले मैलाई देशले के दियोभन्दा पनि मैले आफ्नो जीवनमा देशका लागि के गरे भनेर काम गरेमा अवश्य पनि देशको समृद्धि हुने बताए । नेपालमा भएका औषधीय जडीबुटीहरूको अनुसन्धान र पहिचान भइरहेकाले छिट्टै नै आयुवेदिक उत्पादन उद्योग खोलिने बताए ।
अहिले पतन्जिली योगपीठबाट उत्पादन भएको ज्ञान, औषधीहरू विश्वका लागि अनुकरणीय र उपयोगी भएको बताए । आयुर्वेदिक चिकित्सा पद्धति विश्वकै वैदिक र नमुना उपचार पद्धति भएको बताउँदै उनले विश्व स्वास्थ्य संगठनले प्रमाणित गर्न नसकेको कुराहरू आफूहरूले अनुसन्धान गरेको बताए । विश्वमा रहेका जैविक वनस्पतिबाट कुन–कुन औषधीको रूपमा प्रयोग हुन्छ भनेर कसैले पत्ता नलगाएको कुरा आफूले गरेको दाबी गरे । उनले ३ लाख ६० हजार बढी जैविक औषधीहरूको प्रयोगमा विश्वभरका वैज्ञानिकहरू पतन्जिली आयुर्वेदिक केन्द्रमा काम गरेको बताए ।
उनले नेपालमा आयुर्वेदिक विश्वविद्यालय, आयुर्वेदिक उद्योग, अस्पताल स्थापना गर्नको लागि पहल भइरहेको बताए ।
कार्यक्रममा नगरप्रमुख अशोककुमार शाहीले तानसेन नगरमा आयुर्वेदिक मेडिकल कलेज स्थापनाका लागि प्रस्ताव गरेका छन् । उनको प्रस्तावमा योजना सहित आएमा सक्दो सहयोग गर्ने आचार्य बालकृष्णले बताए । सहभागीहरूको तर्फबाट प्रमुख शाहीले आचार्य बालकृष्णलाई धन्यवाद ज्ञापन गरे ।

‘म रामदेवको चेला होइन, दाजुभाइ हुँ’
अमृत अधिकारी
पाल्पा, २७ माघ (कास) ः योगगुरु रामदेवको चेलाभनेर चर्चा गरिने आचार्य बालकृष्णले आफू रामदेवको चेलानभई सहपाठी भएको बताएका छन् ।
तानसेनको एक कार्यक्रममा उनले भारतमा रामदेव र आफूले सँगै पढेर सँगै काम गरेको बताउँदै आफूलाई रामदेवको चेला भन्नु गलत भएको बताए । पतन्जिली योगपीठको कार्यालय आफूहरूले सँगै स्थापना गरेको हौं, आचार्य बालकृष्णले भने, आफू रामदेवको चेलानभई दाजुभाइ जस्तै भएका छौं ।
उनले आफ्नो नेतृत्वमा आयुर्वेदिक औषधीहरूको प्रयोग अनुसन्धान भइरहेको बताउँदै आफूहरूसँग विश्वका उत्कृष्ठ सयौं वैज्ञानिकहरूले काम गरेर प्रमाणित गरेका औषधि र उपभोग्य वस्तुहरू रहेको बताए ।
अहिले पतन्जिली योगपीठबाट उत्पादन भएको ज्ञान, औषधीहरू विश्वका लागि अनुकरणीय र उपयोगी भएको बताए । आयुर्वेदिक चिकित्सा पद्धति विश्वकै वैदिक र नमुनाउपचार पद्धति भएको बताए, उनले विश्व स्वास्थ्य संगठनले प्रमाणित गर्न नसकेको कुराहरू आफूहरूले अनुसन्धान गरेको बताए । विश्वमा रहेका जैविक वनस्पतिबाट कुन–कुन औषधीको रूपमा प्रयोग हुन्छ भनेर कसैले पत्ता नलगाएको कुरा आफूले गरेको दाबीगरे । उनले ३ लाख ६० हजार बढी जैविक बिरुवामध्ये ६० हजार बढी बोटबिरुवाको औषधीहरूको प्रयोगमा विश्वभरका वैज्ञानिकहरू पतन्जिली आयुर्वेदिक केन्द्रमा काम गरेको बताए ।
नेपालमा आयुर्वेदिक शिक्षाका लागि, नैतिक शिक्षा, वैदिक चेतना अभिवृद्धिमा आफूहरूले काम गरेको आचार्यले बताए । आचार्यले नेपालको छोरो भएर विश्वलाई चिनाउने काम गर्न पाएकोमा आफूलाई गर्व लागेको बताए ।

 अमृत अधिकारी

प्रतिक्रिया दिनुहोस्