स्कुल अफ आइटीको दसैं तिहार छुट योजना «

स्कुल अफ आइटीको दसैं तिहार छुट योजना

सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ती उत्पादन गर्दै आएको स्कुल अफ इन्फरमेसन टेक्नोलोजीज (स्कुल अफ आईटी) ले दसैं तिहार र छट पर्वलाई लक्षित गर्दै आफ्ना सबै कोर्षहरुमा भारी छुटको योजना सार्वजनिक गरेको छ । सिटीइभिटीबाट स्वीकृति प्राप्त स्कुल अफ आइटीले विगत ४ वर्षदेखि प्रोग्रामिङ, डिजाइनिङ, इन्जिनियरिङ, सफ्टवेयर निर्माण, वेबसाइट निर्माण सम्बन्धी बजार लक्षित लामो र छोटो समयका सूचना प्रविधि सम्बन्धी कोर्षहरु सञ्चालन गर्दै आएको छ ।
दसैं तिहार उपहार योजनाअन्तर्गत विद्यार्थीले घटस्थापनाको दिनदेखि छट पर्वको दिनसम्ममा स्कुल अफ आइटीको आफूले पढ्न चाहेको कोर्षमा आफ्नो सीट बुक गर्नु पर्नेछ । सीट सुरक्षित गरेपछि आफ्नो अनुकुलको समयमा कक्षा लिन पाइने स्कुल अफ आइटीले जनाएको छ । “सूचना प्रविधि सम्बन्धी सीप हासिल गर्न चाहने तथा सूचना प्रविधिका क्षेत्रमा भविश्य खोजी रहेका विद्यार्थीलाई लक्षित गरेर हामीले यो योजना सार्वजनिक गरेका हौं” स्कुल अफ आइटीका शिक्षा निर्देशक बसन्त चापागाईले भने, “यो योजना सूचना प्रविधिमा भविश्य खोजी रहेका युवाहरुको लागि कोसेढुंगा सावित हुनेछ ।”
बजारको माग र आवश्यकता अनुसार कोर्ष तथा कार्यक्रम तयार पार्ने भएकाले स्कुलले सञ्चालन गर्दै आएको छोटो तथा लामो समयका कोर्षहरु बढी प्रभावकारी देखिन्छन् । विगत ५ वर्षमा ८ सय भन्दा बढी विद्यार्थीले सूचना प्रविधि सम्वन्धी आफ्नो इच्छा अनुसारको कोर्ष अध्ययन गरेको र अधिकाशं विद्यार्थी सूचना प्रविधिकै क्षेत्रमा क्रियासिल रहेको स्कुल अफ आइटीले जनाएको छ । स्कुलले सूचना प्रविधिको क्षेत्रमा काम गरि रहेका केही चर्चित विदेशी कम्पनीहरुसँग पनि समन्वय गरि रहेको छ । यसले गर्दा उत्पादित दक्ष जनशक्तीलाई बजारमा काम पाउन पनि सहज भएको शिक्षा निर्देशक चापागाईको भनाइ छ । युवा तथा विद्यार्थीहरुले दसैं तिहारको फुर्सदिलो समयको सदुपयोग गरुन भन्ने उद्देश्यले भारी छुटको कार्यक्रम सार्वजनिक गरिएको स्कुल अफ आइटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्