एनएमबि बैंकका ग्राहकले सिजीका सामानमा ४०% छुट पाउने «

एनएमबि बैंकका ग्राहकले सिजीका सामानमा ४०% छुट पाउने

चाडपर्वको अवसरमा एनएमबि बैंकले महाछुट अफर प्रस्तुत गरेको छ ।
यो योजनाअन्तर्गत सिजी डिजिटल तथा एलजी, सप शोरुमबाट एलजी, सिजी, गोदरेज, टिसीएल, सेन्सेई, केन्ट, इलिका एण्ड ब्ल्याक प्लस डेकोरको समानको खरिदमा एनएमबिको तर्फबाट २० प्रतिशतदेखि १५ सय रुपैयाँसम्मको क्यास ब्याक सुविधा र तत्काल छुटको रुपमा २० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् ।
आफ्ना ग्राहक तथा कर्मचारीका लागि सिजी इलेक्ट्रोनिक्सका सामानहरु किस्ताबन्दीमा खरीद गर्न पाउने गरी सम्झौता गरेको छ । एनएमबि बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले सिजी डिजिटल तथा एलजी सप शोरुमबाट आफूलाई आवश्यक पर्ने सामानहरु खरिद स्थलमै किस्ताबन्दीमा गर्न सक्नेछन् ।
यसका लागि ग्राहकले सिजी डिजिटल तथा एलजी सप शोरुमबाट भुक्तानी गरी समान खरिद गर्नेछन् । उक्त खरिद रकमलाई एनएमबि बैंकले ईएमआईमा रुपान्तरण गर्नेछ । बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्