मुक्तिनाथ रेमिटको भुक्तानी आईसीएफसी फाइनान्सबाट «

मुक्तिनाथ रेमिटको भुक्तानी आईसीएफसी फाइनान्सबाट

मुक्तिनाथ विकास बैंकको रेमिट सेवा मुक्तिनाथ रेमिटको भुक्तानी अब आईसीएफसी फाइनान्सको शाखा कार्यालयबाट लिन सकिने भएको छ ।
बैंक र फाइनान्सबीच भएको सम्झौतामा मुक्तिनाथ विकास बैंकको तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गरुङ र आइसीएफसी फाइनान्सको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अमित श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौता पश्चात बैंकको रेमिट सेवाको झुक्तानी फाइनान्सको २० वटै शाखाबाट सजिलै लिन सकिने छ । यसबाट मुक्तिनाथ रेमिटका ग्राहकलाई रेमिट झुक्तानीका लागि अझ बढी सुविधा मिल्ने विश्वास लिएको बैंकले जनाएको छ । मुक्तिनाथ रेमिटले आफ्नो कारोबार देशभरी रहेका ४५०० भन्दा बढी झुक्तानी केन्द्रबाट गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्