युवासँग महालक्ष्मी लाइफ बिमा जागरण कार्यक्रम «

युवासँग महालक्ष्मी लाइफ बिमा जागरण कार्यक्रम

युवा वर्गमा बिमासँग सम्बन्धित जनचेतना जगाउने उद्देश्यले महालक्ष्मी लाइफ इन्स्योरेन्सले ‘युवासँग महालक्ष्मी लाइफ’ बिमा जागरण अभियान सञ्चालन गरेको छ ।
यसै सिलसिलामा म्याग्दीको बेनी र बागलुङ बजारमा पनि बिमा जागरण राष्ट्रिय अभियान अन्तर्गत ‘युवासँग –महालक्ष्मी लाइफ’ कार्यक्रम गरेको छ । बेनी सामुदायिक माध्यमिक विद्यालयमा सञ्चालन भएको कार्यक्रममा १०५ जना विद्यार्थी सहभागी भएका थिए । कार्यक्रममा कम्पनीका सहायक महाप्रबन्धक प्रशान्तराज धमला र क्षेत्रिय प्रमुख जमुना आचार्यले युवा विद्यार्थीलाई बिमा सम्बन्धी प्रशिक्षण दिएका थिए ।
यस्तै धौलागिरि बहुमुखी क्याम्पस बागलुङमा पनि सोही कार्यक्रमको आयोजना गरिएको छ । २५ जना सहभागी भएको कार्यक्रममा प्रशान्तराज धमला र जमुना आचार्यले बिमा सम्बन्धी प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्