२६ औं कोपको पूर्वतयारीको अन्तिम चरणमा नेपाल «

२६ औं कोपको पूर्वतयारीको अन्तिम चरणमा नेपाल


बेलायत स्थित स्कटल्याण्डको ग्लास्गोमा यही अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म हुन गइरहेको जलवायु परिवर्तन सम्बन्धि संयुक्त राष्ट्र संघिय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २६ औं सम्मेलनका लागि नेपालको पूर्व तयारी अन्तिम चरणमा पुगेको छ । जलवायु परिवर्तनले नेपाललाई पारेको प्रभाव, नेपालले गरेको प्रयासको बारेमा जानकारी दिदै न्यूनिकरणका लागि आवश्यक पर्ने अन्तराष्ट्रिय प्राविधिक तथा बित्तिय सहयोग सम्बन्धका ऐजेन्डा बनाएर कोपमा प्रस्तुत गर्न लगिएको हो ।
वन तथा वातावरण मन्त्रालयले विभिन्न सारोकारवलाहरुसँग छलफल र बहश चलाईरहेको छ ।वन तथा वातावरण मन्त्रालयका सचिव डा.पेमनारायण कडेंलले नेपालमा जलवायु परिवर्तनले पारेका समस्या मात्रै नभएर नेपालले गरेका राम्राप्रयासहरु र योगदान पनि कोपमा प्रस्तुत गरिने बताए । “हामी कमजोर छौ मात्रै भन्दैनौ, नेपालको राम्रो काम पनि लिएर जाने छौ,”उनले भने, “हामी पेरिस सम्झौताको रणनीतिक खाकालाई प्रभावकारी कार्यान्वयन गर्न तिर लागेका छौ,।” नेपालको प्रयास अरुलेसिक्न सकुन, यसमा सरोकारवालाको अर्थपूर्ण सहभागितालाई प्रथामिकता दिइने छ ।”वन तथा वातावरण मन्त्रालय अन्तर्गत जलवायु परिवर्तन व्यवस्थापन माहाशाखाका प्रमुख डा. राधा वाग्लेले प्रस्तुतीकरण गदै नेपाल जलवायु परिवर्तनको चपेटामा मा पर्दै गईरहेको र भविष्यमाअझ बढि प्रभावित हुँदै जाने बताएकी छिन् । “जलवायु परिवर्तनका कारण हामीलाई आर्थिक हस हुँदै गईरहेको छ, अझै बढि हस हुन सक्छ यदि समयमा नै हामी सचेत हुन सकेनौ भने,” उनले भनिन्, “जलवायु परिवर्तनका कारण हाल हाम्रो जिडिपीमा १.५ देखि २ प्रतिशत सम्म ह्रास आईरहेको छ, आगामी दिनहरुमा यसले हामीलाई थप प्रभावित पार्ने छ र जलवायु परिवर्तनको सर्वाधिक खराब परिदृश्यमा यस शताब्दीको अन्त सम्ममा १३ प्रतिशत सम्म जिडिपीमा हस हुने देखिन्छ ।”
डा. वाग्लेले जलवायु परिवर्तनका कारण सबैभन्दा बढि महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा किशोर÷किशोरीहरुलाई बढि प्रभावित पार्ने बताएकी छिन् । गत बर्ष जलवायु परिवर्तनसँग सम्बन्धित अन्तरसरकारी समूह (आईपिसिसी)को रिपोर्टले जलवायु परिवर्तनको कारक तत्व मानिस नै रहेको देखाएको छ ।
डा. वाग्लेका अनुसार भावी दिनहरुमा जलवायु परिवर्तनका कारण हाम्रा दैनिक जनजिवनमा प्रभावदेखिने र यसको न्यूनिकरणका लागि विभिन्न किसिमका जलवायु परिवर्तन काकार्यक्रम अगाडि बढाईरहेको जानकारी गराएकी छिन् ।
जलवायु परिवर्तनका कारण बढ्दै गईरहेका विभिन्न समस्याहरुलाई सम्बोधन गर्न र यसलाई न्यूनिकरण गर्न जलवायुका नयाँ योजनाहरु तर्जुृमा गरेर अगाडि बढेका छौ, बिषेश गरी जलवायुजन्य विपतलाई सम्बोधन गर्दै जलवायुको बढी जोखिम भएका क्षेत्रलाई प्रथामिकता दिदै राष्ट्रिय अनुकुलन योजना बनाईरहेको छौ,” वाग्लेले भनिन्, “सन् २०५० माहामरी कसरी शुन्य कार्वन उत्सर्जन गर्ने राष्ट्र बन्न सक्छौ भन्ने गृहकार्य भइरहेको छ ।”

जलवायु परिवर्तनको क्षेत्रमा बनेका नीतिको प्रभावकारी कार्यान्वयनका लागि जोड दिइने उनको भनाई छ । “अहिलेको एनडीसीको सबै लक्ष्य पुरा भएको खण्डमा पनिसन् २०३० सम्ममाविश्वको तापक्रम २ं.७ डिग्री सेल्सियसपुग्ने हुनाले भविश्यमा समस्याझन् बढ्नेछ ,” उनले भनिन्, “आगामी २६ औ. कोपमा यस्ता समस्याहरु बढ्न नदिनका लागिविभन्नदेशहरुलाईपेरीस सम्झौताकार्यान्वयन गराउनकालागिदवावदिने योजना छ ।”

नेपालले अहिलेसम्मका कोपमा बिषय स्थिती प्रस्तुत गर्दै आईरहेको जानकारी दिदै छुट्टै २६ औं कोपकालागि रणनीतिक दस्तावेज तयार गरी उक्त दस्तावेजमा समावेश गरिएका ऐजेन्डाहरु बिगत ३÷४ महिनादेखि तयारीको रुपमाकार्यन्वयनगर्दै आईरहेको उनको भनाई छ । “ उक्त दस्तावेजमा उल्लेखित गतिविधि मध्ये २६ औं कोप सम्बन्धि नेपालको स्थितीपत्र तयारी एक हो,” वाग्लले भनिन्, “ सन् २०५० सम्मशुन्यकार्वन, वनको क्षेत्र ४५ प्रतिशतकायम राख्ने, मानवताका लागि हिमालको नारा सहित हिमाली देशहरुको मुद्धालाई नेपालले नेतृत्वदायी भूमिका लिने, प्रदेश र स्थानीयतहमा बनेका नीति तथा कार्यक्रम कार्यन्वयन गर्ने छौ ।”
कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव डा.कृष्ण आचार्यले जलवायु परिवर्तनसँग सम्बन्धितसबै बिषयबस्तुलाई प्रथामिकतादिएर अगाडि बढ्न आवश्यक रहेको बताए ।
जलवायु परिवर्तनविद् मञ्जित ढकालले कोप २६ लाई सफल बनाउन गरिएको प्रतिबद्धता सकरात्मक रहेको बताए । “कोपमा नेपालले जलवायु परिवर्तनको क्षेत्रमा गरिरहेको सकरात्मक प्रयासहरु पनि प्रस्तुत गर्नुपर्छ ,” उनले भने ।
वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारीले साना ठूला जलविद्युतका साथै सोलार कम खर्चिलो, सर्वस्वीकार्य भएको र यसबाट बित्तिय मुनाफा पनि हुने भएकोले सोलार उर्जालाई पनि प्रथिमकताका साथ मुख्य एजेन्डा बनाउन आवश्यक रहेको बताए ।
अन्तराष्ट्रिय एकिकृत पर्वतिय विकास केन्द्र (ईसिमोड) का बरिष्ठ जलवायु परिवर्तनविज्ञ डा. अरुणभक्त श्रेष्ठले कोपमा सहभागिता हुने भनेको नेपालको जलवायु उत्थानशिलतामा सहभागि हुनु सरह रहेको भन्दै यो मोडेललाई आगामी बर्षमा पनि निरन्तरता दिनुपर्ने बताए । “नेपालले कार्वन व्यापार सम्बन्धित कार्ययोजना बनाउन पनि सफल भएको छ , जलवायु परिवर्तनका अन्य कार्यक्रमहरुबाट पनि राम्रो सन्देश पठाउन सफल भएका छौं,” उनले भने, “जलवायु परिवर्तनको मुद्धामा हिन्दुकुशहिमालय क्षेत्रले खेलेको भूमिका महत्वपूर्ण रहदै आएको छ ।”
बेलायती राजदुतावास अन्तर्गत जलवायु उत्थानशिल तथा समावेशी टोलीका प्रमुख डा.साईमोन लुकासले कोप अघि मात्रै नभई कोप पछि पनि जलवायु परिवर्तन न्यूनिकरणका मुद्धालाई निरन्तरता दिदै जान सुझाव दिएका छन् ।
प्रधानमन्त्रीतथामन्त्री परिषद्को कार्यलयका सचिव शिशिर कुमार ढुगांनाले जलवायु परिवर्तनका मुद्धा दिगो बिकाससँग जोडिएको हुनाले यसलाई सापेक्ष रुपमा ठूलो क्षेत्रमा हेनुपर्ने बताए । “सबै पक्ष जलवायु परिवर्तनसँग जोडिएको बिषय हुन्, अन्तराष्ट्रिय बिषय राष्ट्रिय ऐजन्डाको रुपमा अगाडि लानु पर्ने हुन्छ,” उनले भने, “जलवायु परिवर्तनको बित्तिय व्यवस्थापनको चुनौतीका कुराहरु पनि आएका छन्, कसरी समाधान गर्ने भन्ने बिषयमा छलफल र समन्वय हुनु जरुरी छ ।”
विपद जोखिम न्यूनिकरण गर्न हामी समन्वय गरेर बित्तिय खोजि गरेको भन्दै यो राष्ट्रको योगदानले मात्रै सम्भव नहुने उनको भनाई छ ।
राष्ट्रिय योजना आयोगका सदस्य सलोनिप्रधान सिंहले नेपालले सबैको अनुभव र बिचारलाई समेटेर तय गरिएको एजेन्डाहरु कोपमा प्रस्तुत गर्न सुझाव दिएकी छिन् । “देशको प्रतिनिधित्व गरेर जादा बाहिरबाट प्रतिनिधित्व गरेर जानेले पनि सरकारसँग समन्वय गर्नुपर्ने हुन्छ, हिमालका ऐजेन्डालाई महत्व दिएर अगाडि जानुपर्ने आवश्यक हुन्छ,” उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्