पुँजीबजार लगानीकर्ताद्वारा वडा दसैंको शुभकामना आदानप्रदान «

पुँजीबजार लगानीकर्ताद्वारा वडा दसैंको शुभकामना आदानप्रदान

धनगढीबाट सेयर बजारमा लगानी गर्दै आएका पुँजीबजार लगानीकर्ताले सेयर बजारको विश्लेषण तथा सो विषयमा आफ्ना बुझाई र अनुभव आदान प्रदान गरेका छन् ।
नेपाल पुँजीबजार लगानीकर्ता संघ सुदूरपश्चिम प्रदेश कमिटीले धनगढीमा आयोजना गरेको वडा दसैं, दिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा उनीहरुले पुँजीबजार बारे समेत छलफल गरेका हुन् । उनलीहरु सेयर बजारको विश्लेषण तथा सो विषयमा आफ्ना बुझाई र अनुभव पनि आदान प्रदान गरेका थिए ।
उनीहरुले पुँजीबजारमा लगानी गर्दा सेयर निस्कासन गर्ने कम्पनीको वासलात तथा त्रैमासिक र वार्षिक प्रतिवेदन राम्रोसँग अध्ययन गरी निरन्तर नाफा कमाइरहेको कम्पनीमा लगानी गर्न उपयुक्त हुने बताए । प्राइमरी र सेकेन्डरी मार्केटमा लगानी गर्नका लागि अध्ययन नै प्रमुख विषय रहेको उनीहरुले बताए ।

प्रतिक्रिया दिनुहोस्