प्राथमिकताका आधारमा काम हुन्छ : मन्त्री यादव

नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादवले आफूले गर्नुपर्ने कामको प्राथमिकता छुट्याएर काम गर्ने बताएकी छन् ।
शुक्रबार मन्त्रालयमा जिम्मेवारी सम्हाल्दै मन्त्री यादवले आइतबारदेखि मन्त्रालयले हाल गरिरहेको कामको ब्रिफिङ लिने र कामको प्राथमिकता छुट्याएर काम गर्ने बताएकी छिन् । उनले भनिन्, “आइतबारदेखि ब्रिफिङ कार्यक्रम भएपछि के कस्तो, कति भएको छ, कति गर्नुपर्ने छ, आवश्यकता के के छ, प्राथमिकताको रूपमा म यो देशका लागि सर्वप्रथम आवश्यक चीज के के हुन् प्राथमिकताको रुपमा छुट्याउँछु र त्यसैअनुसार म अगाडि बढाउँछु ।”
मन्त्री यादवले देश कोरोनाको कारण जर्जर भएको उल्लेख गर्दै आगामी दिनमा देशलाई आफ्नो मन्त्रालयबाट गर्ने सहयोग र लगानी आफ्नो तर्फबाट पूरा गर्ने बताइन् ।