रुकुम पश्चिममा सवारी साधनको नयाँ भाडादर «

रुकुम पश्चिममा सवारी साधनको नयाँ भाडादर

रुकुम पश्चिममा सवारी साधानको नयाँ भाडादर तोकिएको छ । केही दिनअघि बसेको जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले भाडादर समायोजन गरेको हो । २०७८ असार २९ गते यातायात व्यवस्था विभागले परिमार्जन गरेको भाडाअनुसार जिल्लाभित्र पनि भाडा समायोजन गरिएको छ ।
जिल्लामा पछिल्लो पटक गत वर्ष माघ ११ गते भाडादर समायोजन गरिएको थियो । इन्धनमा भएको मूल्य वृद्धि र सडक स्तरोन्नतिको आधारमा भाडा समायोजन गरिएको यातायात व्यवस्थापन समितिले जनाएको छ । जिल्लामा रहेका सडकलाई तीन वर्गमा विभाजन गर्दै भाडा समायोजन गरिएको हो । ‘क’ बर्गमा सञ्चालित सवारीसाधन बसका लागि प्रतिकिलोमिटर ४ रुपैयाँ ५० पैसा, जिपका लागि ५ रुपैयाँ ५० पैसा भाडा निर्धारण गरिएको जिल्ला यातायात व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए ।
उनका अनुसार ‘ख’ वर्गको सडकमा चल्ने सवारी साधन बसका लागि ७ रुपैयाँ ५० पैसा र जिपका लागि ८ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ । ‘ग’ वर्गको सडकमा चल्ले सवारीसाधन जिपका लागि ९ रुपैया ५० पैसा भाडादर निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्