विद्युत् कटौतीले टेलिकम सेवा अवरुद्ध «

विद्युत् कटौतीले टेलिकम सेवा अवरुद्ध

रोल्पाको पूर्वी भेगमा गत हप्तादेखि टेलिकम टावर नहँुदा सेवाग्राहीले सास्ती भोग्नुपरेको छ । सुनछहरी गाउँपालिकाको गुम्चालमा विद्युत्को ट्रान्समिटर जलेकाले गत सातादेखि टेलिकमको सेवा अवरुद्ध भएको हो । अहिले गाउँपालिकाका जेलबाङ, सेरम उवा, गामलगायत स्थानका बासिन्दा टेलिकमको सेवा लिनबाट बञ्चित भएका छन् ।
टावर कहिले आउने कहिले जाने गर्छ स्थानीयवासी हिक्मत घर्तीले भने ।
पहिले सोलारमार्फत विद्युत् सञ्चालन हुने गरेकामा अहिले झन् विद्युत् भएर पनि नियमित सेवा सञ्चालनमा छैन उनले भने । सम्बन्धित नियकायले चासो नै दिँदैन कहिलेसम्म यसरी बस्ने घर्तीले दुःखेसो पोखे । टेलिकम टावर अवरुद्ध भएपछि धेरैपटक विद्युत् र टेलिकमका कार्यालयमा सम्पर्क गरी छिटो मर्मत गर्न पहल गरिएको सुनछहरी गाउँपालिकाका अध्यक्ष आशबहादुर पुनले बताए ।
पटकपटक फोन गरेको छु, म आफैँ पनि कार्यालय पगेर समस्या बताउँदासमेत तुलसीपुरले हेर्ने हो हामीले होइन भन्ने जवाफ पाइयो ।
उता विद्युत् कार्यालय प्रमुखलाई छिटो ट्रान्समिटर मर्मत गर्नुप¥यो भनी फोनगर्दा उल्टै थर्काउने गरेको अध्यक्ष पुनले गुनासो गरे ।
तार जलेको छ भन्ने बुझिएको छ नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालयका प्रमुख शम्भुप्रसाद मण्डलले बताए । टेलिकमका कर्मचारी आएपछि आफूले प्राविधिक पठाउने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्