एनसेलको चाडपर्व लक्षित योजना «

एनसेलको चाडपर्व लक्षित योजना

एनसेल आजियाटाले चाडपर्वलाई थपउमंगमयबनाउँदै विभिन्न योजनाहरु ल्याएको छ ।
चाडपर्वको अवसरमा एनसेलले पे एज यु गो (पेजी) डेटा शुल्कलाई घटाई प्रतिएमबी एक रुपैयाँ बनाएको छ । यसका साथै ग्राहकले अब ५० रुपैयाँ वा सो भन्दा बढीको हरेक रिचार्जमा बोनस स्वरुपब्यालेन्स वा डेटा पाउन सक्नेछन् ।
यो योजनासँगै एनसेलका ग्राहकले सुलभ दरमा कुनै पनि प्याक खरिद नगरी आफ्नो मेन ब्यालेन्सबाटै डेटा प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकले ५० प्रतिशत छुटमा करबाहेक एक रुपैयाँ प्रतिएमबीमा डेटा सेवाको फाइदा लिन सक्ने बताइएको छ ।
रिचार्जमा बोनस योजनाअन्तर्गत, ग्राहकले रिचार्ज गरेको रकमको आधारमा बोनस ब्यालेन्स तथा डेटा प्राप्त गर्नेछन् । ५० देखि ९९ रुपैयाँसम्म ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले ५ देखि १० प्रतिशतसम्मबोनस ब्यालेन्स वा ५० एमबीदेखि २५० एमबीसम्म एक दिनको समयसिमा रहेको डेटा भोलुम प्राप्त गर्दछन् ।
त्यस्तैगरी एक सय रुपैयाँदेखि १९९ रुपैयाँसम्म ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले तीन दिनको समयसिमा रहेको ५ देखि १२ प्रतिशतसम्म बोनस ब्यालेन्स वा १५० एमबीदेखि ५०० एमबीसम्मको डेटा भोलुम प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
२०० रुपैयाँ वा सो भन्दा बढी रिचार्ज गर्ने ग्राहकले ५ दिनको समयावधि रहेको ५ देखि १५ प्रतिशतसम्म बोनस ब्यालेन्स वा ५०० एमबीदेखि १५०० एमबीसम्म डेटा भोलुम पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्