कोकाकोला मोःमोत्सव यस वर्ष पनि हुने

कोकाकोला मोः मोत्सव यस वर्ष पनि हुने भएको छ । यस वर्ष पनि उपभोक्ताले बिभिन्न प्रकारको तातोतातो मःमसँग चिसो कोकाकोलाको मज्जा लिन सक्ने कम्पनीले जनाएको छ । कोकाकोला र खानाको विश्वव्यापी परम्परा रहेको छ र लाखौं उपभोक्ताहरूको दैनिक मनपर्ने कम्बो भोजन पनि हो । विश्वभर, रिफ्रेसिङ कोकाकोलाका साथमा मानिसहरू विभिन्न प्रकारका खानाहरूको आनन्द लिन्छन् ।
नेपालमा पनि त्यहि विश्वव्यापी परम्परालाई स्थानीय निरन्तरता दिँदै, कोकाकोलाले नेपालका प्रमुख रेष्टुरेन्टहरूका चेन तथा भोजनालयहरूसँगको सहकार्यमा तेस्रो ‘कोकाकोला मोःमोत्सव’ आयोजना गरेको छ । यसको नाम जस्तै, यो मःम अभियानले कोकाकोलाका साथमा मःमहरूको विभिन्न प्रकारको स्वाद लिन सकिने र आफ्नो अनुभवलाई अझै उत्कृष्ट बनाउने अवसर प्रदान गर्नेछ । यस महोत्सवमा साहभागी रहेका चर्चित कलाकार तथा खानाका पारखी नायिका प्रियंका कार्कीका साथै स्वस्तिमा खड्का र बर्षा सिवाकोटी विभिन्न आउटलेटहरूको भ्रमण गर्नेछन् ।
उपत्यकाबाहिर पोखरा र भरतपुरमा समेत उनिहरूको उपस्थिति रहनेछ । यस उत्सवमा सहभागिता जनाउने उपभोक्ताले नयाँ अनुभव हाँसिल गर्न सक्नेछन् । यो उत्सवलाई रंगिन र शानदार बनाउन सहभागी कलाकारहरूले आस्र्चयजनक रुपमा विभिन्न कलेजहरूमा समेत भ्रमण गर्न सक्नेछन् । यो अभियानले उपभोक्तालाई आफ्नो मनपर्ने कलाकारसँग भेट्ने र बसेर कोक र मःम खाने अवसर समेत प्रदान गर्दै आइरहेको छ । यो उत्समा सहभागी हुनका लागि कोकाकोला र मःमसंग आफ्नो सेल्फी खिचेर ट्याग गरी आफ्ना पोस्टहरू पब्लिक गर्नुपर्ने हुन्छ । हरेक हफ्ता भाग्येशाली बिजेताहरूले देशभरि रहेको आउटलेटहरूमा कोक र मःमको कम्बो कुपन जित्न सक्नेछन् ।