तीन महिनापछि मन्त्रिपरिषदले पायो पूर्णता, उद्योग वाणिज्यमा ६ महिने म्यादी मन्त्री «

तीन महिनापछि मन्त्रिपरिषदले पायो पूर्णता, उद्योग वाणिज्यमा ६ महिने म्यादी मन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले झन्डै तीन महिनापछि मन्त्रिपरिषद विस्तार गरेका छन् । गठबन्धनबाट नेपाली कांग्रेसका सभापति देउवा गत असार २९ गते प्रधानमन्त्री भएका थिए ।

देउवाले यसअघि कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्री बनाएका थिए भने नेकपा माओवादी केन्द्रबाट दुई जनालाई मन्त्री बनाएका थिए । सत्तारूढ गठबन्धनका तर्फबाट कांग्रेस, माओवादी, जनता समाजवादी, नेकपा (एकीकृत समाजवादी) लाई समेटेर देउवाले शुक्रबार मन्त्री बनाएका हुन् ।

देउवाले गजेन्द्रबहादुर हमाललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनाएका छन् । हमाल अहिलेकै अवस्थामा बढीमा ६ महिना मात्रै बन्न पाउने छन् । नेपालको संविधानमा संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) को सदस्य नरहेको व्यक्ति संघीय सरकारको बढीमा ६ महिना मात्रै मन्त्री बन्न पाउने व्यवस्था छ । त्यसैले देउवा नेतृत्वको सरकारमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनेका हमाल सांसद नरहेका कारण संविधान अनुसार बढीमा ६ महिना मात्रै मन्त्री बन्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्