माछापुच्छ्रे बैंकको साधारणसभा २६ कात्तिकमा «

माछापुच्छ्रे बैंकको साधारणसभा २६ कात्तिकमा

माछापुच्छ्रे बैंकले आगामी कात्तिक २६ गते २३औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंकले प्रस्तावित लाभांश स्वीकृत गरेसँगै बैंकको सञ्चालक समितिले वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।
सेयरधनीलाई सञ्चित मुनाफाबाट एक अर्ब २० करोड रुपैयाँ बोनस सेयर र ६ करोड ३३ लाख रुपैयाँ नगद लाभांश (कर प्रयोजनको लागि) गरी जम्मा एक अर्ब २६ करोड रुपैयाँ लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ । बैंकले सेयरधनीलाई चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत नगद लाभांश गरी जम्मा १४ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।
उक्त लाभांश बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेसँगै वितरण हुनेछ । वार्षिक साधारण सभा प्रयोजनको लागि कात्तिक ७ गते बुक क्लोज हुने बैंकले जनाएको छ । बैंकले गत आर्थिक वर्षमा एक अर्ब ६० करोड रुपैयाँ खुद नाफा गरेर प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७६ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पुँजी नौ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब २ करोड रुपैयाँ सञ्चित छ ।
बैंकले सातै प्रदेशमा १६२ वटा शाखा र १७५ शाखारहित बैकिङ सेवा, ७ एक्सटेन्सन काउण्टर समेत गरी ३४४ स्थानबाट १० लाख भन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ । बैंकका देशभर २०३ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्