गिरी ब्रदर्स अटोपाटर्सले फ्री चेकअप गर्ने «

गिरी ब्रदर्स अटोपाटर्सले फ्री चेकअप गर्ने

गिरी ब्रदर्स अटोपाटर्सले आफ्ना ग्राहकलाई दसैंको उपलक्षमा ‘फ्रि सर्भिस क्याम्प’ आयोजना गर्ने भएको छ ।
असोज २२ देखि २५ गतेसम्म गिरी ब्रदर्स अटोपाटर्सले ग्राहकलाई टीभीएसका बाइक स्कुटीमा फ्रि सर्भिस दिन लागेको जनाएको छ । गिरी ब्रदर्स अटोपाटर्सले आफ्नो वर्कसप काठमाडौंको सानो भ-याङमा टीभीएस बाइक स्कूटीका सम्पूर्ण प्रकारका अटो भेहिकलमा फ्रि सर्भिसिङ हुने गिरी ब्रदर्स अटोपाटर्सका निर्देशक अजय गिरीले जानकारी दिए ।
उक्त अवधिभर ग्राहकले टीभीएसका जेन्यूइन स्पेयर पार्टसमा १० प्रतिशत छुट, ल्युब्रिकेट्समा १० प्रतिशत छुट तथा अन्य लेवर चार्ज र चेकअपमा सत प्रतिशत छुट प्राप्त गर्ने छन् । साथै विभिन्न प्रकारका आकर्षक गिफ्ट पनि जित्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्