डीएचआईको रेफ्रिजरेटर र मिक्चर ग्राइन्डर बजारमा

डिजिटल होम इन्टरनेसनलले दसैं र तिहारको अवसरमा आफ्नो घरायसी सामान अन्तर्गतको नयाँ रेफ्रिजरेटरको र मिक्चर ग्राइन्डर बजारमा ल्याएको छ ।
डीएचआई सेट–अप बक्सको सफल निर्माण र वितरणमा प्रमाणित गरिसकेको डीएचआईले ग्राहकको चाहनालाई बुझेर उच्च गुणस्तरीय घरायसी सामानहरु बजारमा ल्याएको जनाएको छ । अत्याधुनिक र नवीनतम प्रविधिमा निर्मित डीएचआईका रेफ्रिजरेटरहरुको उच्च गुणस्तर र भरपर्दो सेवाले ग्राहकहरुको जीवनशैलीमा विशेष प्रभाव पार्ने र सहजता ल्याउने कम्पनीको दाबी छ । कम्पनीका अनुसार हप्तौंसम्म खाना स्वच्छ र ताजा राख्ने डीएचआई रेफ्रिजरेटरको कम्प्रेसरका लागि दस वर्ष र अन्यका लागि एक वर्षको वारेन्टी छ ।
त्यस्तै डीएचआई मिक्चर ग्राइन्डर एक स्मार्ट भान्साको उपकरण हो । यस चाडबाडको उत्सवमा डीएचआई मिक्चर ग्राइन्डरले ग्राहकहरुको जीवन सरल र सहज बनाइ खुशी बढाउने बताइएको छ । अत्याधुनिक प्रविधिमा निर्मित डीएचआईका मिक्चर ग्राइन्डर देशमै आफ्नो क्षेत्रको सबैभन्दा राम्रो हुने कम्पनीले दाबी गरेको छ ।
ग्राहकहरुले डीएचआईका मिक्चर ग्राइन्डरहरु विभिन्न रंगहरुमा चयन गर्न सक्नेछन् । त्यस्तै मिक्चर ग्राइन्डरहरु ५०० वाट र ७५० वाटको पावरमा उपलब्ध रहेका छन् । डीएचआई मिक्चर ग्राइन्डरको मोटरका लागि दुई वर्ष र अन्यका लागि एक वर्षको वारेटी रहेको छ । डीएचआईको देशभर फैलिएको सेवा नेटवर्कले ग्राहकलाई उपकरणसम्बन्धी सेवा प्राप्त गर्न सहज बनाउने छ ।