बालैबासीको आम्दानीको मुख्य स्रोत बालुवा बिक्री «

बालैबासीको आम्दानीको मुख्य स्रोत बालुवा बिक्री

मुगु-हिमाली जिल्ला छायाँनाथ रारा नगरपालिका–६ बालै बगरनजिकै बस्दै आएका बालैबासीको पछिल्लो समय आम्दानीको मुख्य स्रोत बालुवा बनेको छ ।
विगत वर्षदेखि नै स्थानीय परम्परागतको कोदो, धान, फापर, कागुनो, चिनोखेती गर्दै आएका बालैबासीहरू सडक सञ्जाल जोडिएपछि गमगढी बजारलगायत आसपासका बस्तीहरूले पक्की ढलान घर निर्माण गर्न थालेपछि बालैको बालुवाको माग बढेपछि बालैबासीहरूले परम्परागत खेती छोडी धमाधम बालुवा संकलनमा लागेका हुन् ।
बालै बगरमा बस्दै आइरहेका ५५ घरधुरीले नदीको किनारमा आआफ्नो बालुवा निकाल्ने स्थानको भागबन्डा गरेर बालुवा निकाल्ने स्थान निर्माण गरेका छन् । असार, साउन, भदौ तीन महिनामा निकालेको बालुवाले एक वर्षसम्म घर खर्च चलाउने, बालबच्चा पढाउने–बढाउने गरेको स्थानीयले बताए । प्रतिघर ५० हजारदेखि दुई लाखसम्म बालुवा बिक्रीबाट आम्दानी हुने गरेको स्थानीय प्रेमबहादुर भामले बताए । बालुवा नदीबाट निकालेर बिक्री गर्दा स्थानीय सरकार नगरपालिकालाई प्रतिट्याक्टर एक सय र यो बलैबगर रारा राष्ट्रिय मध्यवर्ती क्षेत्रभित्र पर्ने भएको हँुदा रारा मध्यवर्ती क्षेत्रले प्रतिट्याक्टर तीन सय रुपैयाँ राजस्व उठाउने गरेको भामले बताए ।
गर्त वर्षभन्दा यो वर्ष बालुवा धेरै संकलन गरेका छन् । गमगढी बालै सडकको विभिन्न स्थानमा सडक वर्षात्को पानीले भत्केको हुँदा बालुवा बिक्री भएको छैन, पत्येक घरले बालुवा बिक्री गरेर जीवन निर्वाह गर्दै आएका थिए, एक घरले एक लाखभन्दा बढी कमाउने गर्छन । आफूले मात्र ३० देखि ४० हजार कमाउने गरेका थियौं बालुवा बिक्री नहुँदा समस्या भएको छ । सडक सञ्चालनमा आएको भए नजिकै आउने दशैं तिहारमा घर खर्च चलाउन सजिलो हुने थियो, छायाँनाथ रारा नगरपालिका बालै गाउँ बस्ने शर्मिला भामले बताइन् ।
बगिरहेको खोलाबाट बालुवा बालैबासीले झिकेर बिक्री गर्ने आम्दानीको मुख्य स्रोत भएको छ । यो बालुवा झिक्ने स्थान रारा रास्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रभित्र पर्ने भएको हुँदा स्थानीय सरकारले यो क्षेत्रभित्र बालुवा, ढुंगा अन्य उत्खनन् गर्न पाउँदैन तर ढिपी गरेर कर लिर्ने गरेको छ । मध्यवर्ती क्षेत्रबाट जेठ १५ देखि कात्तिक १५ गतेसम्म बालुवा निकाल्न प्रतिबन्ध लगाएको छ । प्रतिट्याक्टर बालुवाको तीन सयका दरले रारा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र विकास समितिले राजस्व लिने गरेको छ । बालुवा निकाल्ने व्यक्तिबाट शुल्क नलिने बालुवा किनेर लिने व्यक्तिबाट राजस्व शुल्क लिर्ने गरेको मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष बलराम शाहनीले बताए ।

स्थानीय सरकारको गठन नहुँदा पहिला खुला थियो, स्थानीय तह निर्माण भइसकेपछि एक वर्षसम्म नगरपालिकाले राजस्व उठाउने गरेको थियो पछि खुला भयो । बालुवा बिक्रीबाटै यो बस्तीका मानिसको जीवन गुजार्ने हुँदा स्थानीयबासीहरूले मनपरि हिसाबले बालुवा निकाल्ने गरेका छन् । नगरपालिकाबाट जस्तो निर्णय आउँछ त्यही तरिकाले अगाडि बढने भएकाले वडाले बालुवा निकाल्न बिक्री गर्न बन्देज नलगाई खुला गरेको छ ।

प्रतिक्रिया दिनुहोस्