वीरगन्जमा महिला उद्यमी सम्मेलन हुने «

वीरगन्जमा महिला उद्यमी सम्मेलन हुने

वीरगन्ज-आर्थिक नगरी वीरगन्जमा नेपाली महिलाहरु सहभागितामा पहिलो पटक महिला उद्यमी सम्मेलन हुने भएको छ ।
नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगञ्जले लेडिज सर्कल नेपालसँगको सहकार्यमा यही कात्तिक ५ गते वीरगञ्जमा ‘नेपाली महिला उद्यमी सम्मेलन’ आयोजना गर्न लागेको हो ।
नेपाली महिलाहरूको सहभागिता बढाउने उद्देश्यले मोफसलमै पहिलो पटक महिला उद्यमी सम्मेलनको आयोजना गर्न लागेको जानकारी दिएको छ । सम्मेलनमा उद्यमशीलताका विविध क्षेत्रहरूमा सहभागी महिला उद्यमीहरूको मेहनत, संघर्ष तथा सफलताका विषयलाई समेटेर प्रस्तुत गरिने मञ्चका अध्यक्ष अनुप अग्रवालले बताए ।
व्यवसायमा स्थापित उद्यमी र स्टार्टअपबीच हुने सो एक दिने अन्तरक्रियात्मक कार्यक्रमबाट सहभागीलाई ज्ञान, सीप, तथा क्षमता अभिवृद्धिमा प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ । उद्यमशीलताको क्रममा महिलाले भोग्नु परेका समस्यालाई उठान गर्ने र समाधानका उपायहरूमा गहन छलफल गर्नु पनि सम्मेलनको उद्देश्य रहेको अग्रवालले बताए ।
महिला उद्यमशीलता प्रवद्र्धनका चुनौतीको समाधान पहिल्याउँदै सम्भावनाको खोजीका निम्ति सरोकारका पक्ष तथा निकायमा रचनात्मक पहल कदमीमा सम्मेलन फलदायी हुने विश्वास आयोजकको छ । सम्मेलनमा १ सय भन्दा बढी महिला उद्यमीको सहभागितामा रहने छ । विभिन्न क्षेत्रमा व्यवासायमा सफल महिला उद्यमीहरूको सफलता र असफलतामा धैर्यताका अनुभवहरू आदानप्रदान गरिने छ । यसले व्यवासायमा नवप्रवेशीहरूका लागि प्रेरणाको स्रोत बन्न सक्ने अपेक्षा गरिएको छ ।
जनसंख्यामा आधाभन्दा बढी हिस्सा ओगट्ने महिलाको सशक्तीकरण नभई आर्थिक र सामाजिक विकासको रुपान्तरण सम्भव नरहेकोले सम्मेलनमा सफल उद्यमी र स्टार्टअपहरुबीचको अनुभव साटासाटले व्यवसायको क्रममा आउने समस्यालाई अवसरको रुपमा रुपान्तरण गर्ने दक्षता विकासका सहयोग पुग्ने विश्वास गरिएको छ ।
अहिले पनि आर्थिक रुपमा महिलाहरूको सहभागिता र सक्रियता न्यून रहेको अवस्थामा महिला उद्यमी सम्मेलनले महिलाहरूमा उद्यमशीलता प्रवद्र्धन, नवप्रवर्तन र व्यावसायिक चुनौती सामनाको सामथ्र्य अभिवृद्धि गर्ने जनाएको छ । सम्मेलनमा विभिन्न विषयका विषय विज्ञहरुसँगको अन्तकृया, अनुभव आदान प्रदान तथा उत्प्ररेणा प्राप्त हुने खालका सामग्रीको पनि प्रस्तुती रहने छ ।

प्रतिक्रिया दिनुहोस्