अन्तर्राष्ट्रिय श्रम अभिसन्धी अनुमोदन गर्न मजदुर संगठनको माग

वीरगन्ज- श्रमिकहरुको कार्यस्थलमा हुने यौन हिंसा र यौन उत्पीडत अन्त्य गर्न अन्तर्राष्ट्रिय श्रम संगठनको अभिसन्धी १९० अनुमोदन गर्न मजदुर संगठनहरुले माग गरेका छन् ।
बारा पर्सा औद्योगिक करिडोरका मजदुर संगठनहरुले कार्यस्थलमा हुने यौन हिंसा र यौन उत्पीडानको अन्त्यका लागि अन्तर्राष्ट्रिय श्रम संगठनले व्यावस्था गरेको श्रम महासन्धी १९० अनुमोदन गर्नुपर्ने माग गरेका हुन् ।
स्वीट्जरल्याण्डमा मुख्य कार्यालय रहेको विश्वका ६४० वटा ट्रेडयुनियनहरुको १४० वटा देशबाट प्रतिनिधित्व रहेको अन्तर्राष्ट्रिय संस्था इण्डष्ट्री अल ग्लोबल युनियनले अक्टुबर ७ तारिकलाई यौन हिंसा र यौन उत्पीडन अन्त्य गर्ने अभियानको रुपमा स्थापित गर्न सुरु गरिएको इण्डष्ट्रिअल ग्लोबल युनियन अन्तर्गतको नेपालस्थित काउन्सिलका कोअर्डिनेटर हिमालय खरेलले बताए ।
परियोजनाको विभिन्न क्रियाकलापमध्ये समग्र औद्योेगिक मजदुर आन्दोलन, तत्कालिन परिस्थिति र नेपाललाई आवश्यक पर्ने आन्दोलनको मुद्दालाई विशेष रुपमा उठाएर त्यसलाई स्थापित गराउने कार्यक्रमको मुख्य उद्देश्य रहेको खरेलले बताए ।
अस्थायी, स्थायी र ज्यालादारीको रुपमा कुनै पनि मजदुरहरु देखा नपरोस, प्रकृतिक मजदुरको रुपमा जीवनयापन गर्ने वातावरणको सृजना गर्न परियोजनाको लक्ष्य रहेको उनले बताए ।
विभेद र अन्यानको विरुद्ध आवाज उठाउने मजदुरहरु नै रहेको र यसको प्रत्यक्ष सरोकार पनि जुनसुकै क्षेत्रमा मजदुरहरुसँग जोडिने भएकोले यौन हिंसा र यौन उत्पीडन कार्यस्थलमा हुनु हुँदैन भन्ने मजदुर संगठनहरुको धारणा रहेको समग्र उद्योग ट्रेड युनियनका अध्यक्ष आनन्द थामीले बताए ।