छरिएको पुँजी परिचालन गर्न सके आर्थिक विकास हुन्छः मन्त्री बराल «

छरिएको पुँजी परिचालन गर्न सके आर्थिक विकास हुन्छः मन्त्री बराल

नहुँँ – गण्डकी प्रदेशका अर्थ मन्त्री रामजीप्रसाद बरालले छरिएर रहेको निजी पुँजीलाई ठिक ढंगले परिचालन गर्न सके आर्थिक विकास हुने बताए ।
बन्दीपुर केवलकार एण्ड टुरिजमको सातौं साधारण सभाको बिहीबार उद्घाटन गर्दै मन्त्री बरालले राज्यसँग भन्दा निजी क्षेत्रमा बढी पुँजी भएको उल्लेख गर्दै छरिएको उक्त पुँजीलाई ठिक ढंगले परिचालन गर्न सके आर्थिक विकास हुने बताएका हुन् ।
आर्थिक विकास र समृद्धिको लागि पहिला देशमा स्थायी राजनीति आवश्यकता भएको बताउदै मन्त्री बरालले पुँजीलाई औद्योगिकरण गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्