दशैँ –तिहारमा दैनिक उपभोग्य वस्तुमा २ देखि ५ प्रतिशत छुट «

दशैँ –तिहारमा दैनिक उपभोग्य वस्तुमा २ देखि ५ प्रतिशत छुट

नेपाली हिन्दु नागरिकहरूको महान चाड पर्व विजया दशमी र तिहार नजिकिँदै गरेको समयमा मुगु उद्योग वाणिज्य संघ मुगुले दैनिक उपभोग्य वस्तुमा २ देखि ५ प्रतिशतसम्म छुट दिएको छ ।
प्रत्येक वर्ष मुगु उद्योग वाणिज्य संघले दशै तिहारको समयमा घटस्थापनादेखि लागू हुने गरेर तिहारको अन्तिम दिनसम्म गमगढी बजार र आसपासका बस्तीहरूमा रहेको व्यवसायहरूले लागू गर्ने गरी छुट दिँदै आई रहेको भएपनि यो बर्ष पनि संघको जिल्ला कार्यासमितिको मिति २०७८ साल असोज १८ गते बसेको जिल्ला कार्या समितको बैठक बाट निर्णय गरेर दैनिक उपभोग्य बस्तुहरूमा २ देखि ५ प्रतिशतसम्म छुट, जुता चप्पलमा १० प्रतिशत, फेन्सी कपडा बाट १५प्रतिसत, स्टेसनरी सामानमा २ देखि ५ प्रतिशत, इलोक्टोनिक सामान बाट १० देखि १५ प्रतिशत भाडावतनमा ५ प्रतिशतले दसंैको घटस्थापनादेखि तिहारको अन्तिम दिनसम्म लागू हुर्ने गरी बजार मूल्य निधारण गरिएको र निधारण गरीएको मूल्य लागु गर्न र गराउन सबै व्यापारीहरूमा समेत अनुरोध गरीएको मुगु उद्योग वाणिज्य संघ मुगुका अध्यक्ष कमलबहादुर बुढाले बताएका छन् ।
दशै तिहार नजिकै आई रहेको समयमा उद्योगी ब्यापारिहरूले अखाद्यान्न बस्तु, म्याद सकेको सामान, बिक्री वितरण नर्गन र संघले निधारण गरीएको मूल्यअनुसार ग्राहकहरूले सहजै देखिने स्थानमा राखी व्यवसाय सञ्चालन गर्नु हुन समेतको लगायत राज्यको नियमअनुसार ब्यावसाय दर्ता गरी सन्चालन गर्ने करछलीसमेत नगनुहुन समेतको लागी विभिन्न सञ्चार माध्याम र स्थानिय रेडियोमार्फत सूचनासमेत जानकारी गराएको उद्योग वाणिज्य संघ मुगुका महासचिव नृपेन्द्रबहादुर मल्लले बताएका छन् ।
विगतका वर्षहरूमा सडक सञ्जाल राम्रोसँग नजोडिएको हुँदा दसंै–तिहारमा दैनिक उपभोग्य सामानको दसंै–तिहारमा अभाव हुर्ने गरेको थियो भर्ने पछिल्ला वर्षहरूमा सहजै रूपमा सदरमुकाम गमगढी बजारसम्म मालवाहका गाढीहरूसमेत पुग्ने भएको हुँदा यो दसंै तिहारमा बजारमा दैनिक उपभोग्य वस्तु सहजै पाइने रवीन्द्र टेडर्स एण्ड सप्लायर्सका प्रोपराइटर रवि रावतले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्