नाक्चेलाग्ना नाका सिमा नमिचिएको अध्यान टोलीको प्रतिवेदन «

नाक्चेलाग्ना नाका सिमा नमिचिएको अध्यान टोलीको प्रतिवेदन

नेपालको सीमा अन्य छिमेकी देश भारत र चीनले धमाधम मिचिरहेको अवस्थामा मुगु जिल्ला र उत्तरी नाका चीनसँग जोडिएको नाक्छेलाग्ना सिमाना नमिचेको एक अध्यान टोलीले प्रतिवेदनमार्फत सरोकारवाला निकायसँग प्रेस गरेको छ ।
नेपाल र चीनमा रहेको एक मात्र १३ नम्बरको सिमा पिल्लर रहेको नाक्चेलाग्ना भन्जेक पनि हो यो समुन्दीय सतह देखी ४ हजार ९सय ८६ मिटरको उचाईमा रहेको छ । सदरमुकाम गमगढीदेखि पैदल बाट जाँदा ४ दिन लाग्र्ने र गमगढीदेखि सीमा नाकासम्म ९२ किलोमीटर दुरी रहेको सिमामा पुग्यर अध्यान गर्दा कुनै सिमा नमिचीएको अवस्था देखिएको छ ।
सय स्थानमा कुनै पनि मानव रही स्थान रहेको छ ।
२०७८ साल भदौ ३० गतेदेखि असोज ५ गतेसम्म नेपाल सशस्त्र प्रहरीसहित मुगु जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाको ममानमा गएको सीमा अध्यान गर्दा र बिगतमा गरिएको अध्यान टोलीको प्रतिवेदनअनुसार र हालको अध्यानअनुसार नेपाल र चीनसँग जोडिएको नाक्चेलाग्ना स्थानमा रहेको १३ नम्बर पिल्लारको अवस्था र अन्य भूमि नमिचिएको सीमा अध्यान टोलीका प्रमुख सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले बताएका छन ।
अन्य नेपालका चीनसँग जोडिएका नामाहरुभन्दा सहज नाका हो । पहिला योसिमानाक चेक पोष्ट थियो अन्य जिल्लामा रहेका नाकाहरु पहुँच भएका हुनाले नाका सञ्चालनमा आएका छन् । यो मुगुको नाक्चलाग्ना नाकामा हरेक बर्ष असार, साउनको समयमा १ साता हाटबजार लाग्ने गर्दा थियो नेपाली सामान,चिनीया संग बिक्री गर्ने र चिनियाँ सामान विशेष गरी दैनिक उपभोग्य सामान लत्ताकपडा नेपालीले खरी गर्ने गरीन्थो पछिल्लो २ वर्ष महामारी कोरोना भाइरसको कारण सञ्चालन हुन सकेन यो नाका एक दम उच्च स्थानमा रहेको हुनाले सीमा मिच्न निकै गाह्रो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्