नक्कली नोट कारोबारी सार्वजनिक

जिल्ला प्रहरी कार्यालय धनकुटाले नक्कली नोटको कारोबारमा संग्लन गरेका ६ जनालाई पक्राउ गरी बिहीबार सार्वजनीक गरेको छ । धनकुटाका विभिन्न स्थान र सुनसरीको इटहरीबाट पक्राउ परेका उनीहरुलाई प्रहरीले सार्वजनिक गरेको हो ।
नक्कली नोट कारोबारमा पक्राउ पर्ने हरु बाट प्रहरीले १ सयवटा हजार दरका नक्कली नोट समेत सार्वजनिक गरेको छ । धनकुटा नगरपालिका वडा न १ का २६ बर्षिय बिशाल तामाङ्ग, ताप्लेजुङ्ग पाथिभरा याङ्गवरक घर भई धनकुटा नगरपालिका १ बस्ने २६ वर्षीय छितेन तामाङ्ग, धनकुटा नगरपालिका–१ कै २४ वर्षीय सोनम तामाङ्ग, धनकुटाको महालक्ष्मी नगरपालिका–८ बस्ने २६ वर्षीय सुमन खड्का, महालक्ष्मी नगरपालिका ९ बस्ने २४ वर्षीय तुलसी तामाङ्ग र महालक्ष्मी नगरपालिका ९ बस्ने २१ वर्षीय विकास तामाङ्गलाई प्रहरीले सार्वजनिक गरेको हो ।
धनकुटा नगरपालिका–९ मूलघाटमा प्रहरी चेक जाँचको क्रममा असोज ११ गते ३२ हजार नक्कली नोटसहित पक्राउ परेका छितेन तामाङ्ग र विशाल तामाङ्गको बयानको आधारमा अन्य लाई समेत प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यलय धनकुटाका सूचना अधिकारी डिएसपी दीपककुमार रायले जानकारी दिए । प्रहरीले छितेन तामाङ्गको साथबाट २८ हजार, विशाल तामाङ्गको साथबाट ५ हजार र उनीहरुले फालेको २ हजार र सोनाम तामाङ्गको घरबाट फेला परेको ६५ वटा हजारका दरका नक्कली नोटसमेत सार्वजनिक गरेको छ ।
साथै काठमाण्डौं बाट पक्राउ परेका १ जना अधियूतm संग छानबिन जारी रहेकोले उनको भने कुनै विवरण नखुलाईएको डीएसपी रायले बताए । नक्कली नोट लागू औषधी कारोबारमा प्रयोग गर्ने गरेको पक्राउ परेकाहरुले बयान दिएको समेत प्रहरीले जनाएको छ । उनीहरुलाई मुद्रासम्बन्धी कसुरमा कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ । अहिलेसम्मका अनुसन्धानमा नक्कली नोट बजारमा पुगिसकेको नदेखिएको भए पनि अझै अनुसन्धान जारी रहेकोले केहि भन्न नसकिने प्रहरीले जनाएको छ ।