विल्डकन एक्स्पोको आकर्षण पानी सोस्ने ब्लक «

विल्डकन एक्स्पोको आकर्षण पानी सोस्ने ब्लक

काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि सुरु भएको नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको मुख्य आकर्षण पानी सोस्ने ब्लक देखिएको छ । नेपालमै पहिलो पटक मानिस हिँड्ने बाटो छेउको पेटी तथा खुला कम्पाउन्डहरूमा छाप्ने पानी सोस्ने ब्लकप्रति अवलोकनकर्ताको आकर्षण देखिएको हो । गोर्खा इको प्यानलअन्तगर्तको गोर्खा प्रिकाष्ट एन्ड विन्डोर प्रालिले नेपालमै पहिलो पटक यस्तो ब्लकको उत्पादन थालेको थियो । उक्त स्टलको मिस नेपाल श्रृंखला खतिवडाले समेत अवलोकन गरेकी थिइन् ।
हाल पेटी तथा खुला कम्पाउण्डहरूमा प्रयोग भइराखेका ब्लकहरूले पानी सोस्ने क्षमता राख्दैनन् । तिनीहरूको कापबाट निश्चित मात्रामा मात्रै पानी सोसेर जमिनमुनि जाने गर्छन् । तर, उत्पादन गरिएको यो ब्लकले आकाशे पानीलाई पूरै सहतबाटै आफैंले पानी सोसेर सिधै जमिनमुनि पठाउने क्षमता राख्ने उत्पादनकर्ता गोर्खा प्रिकाष्ट एण्ड विन्डोर प्रालिका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर राजन दुवालले बताए ।
आफूहरूबाट उत्पादिन यो ब्लकमा विशेष प्रविधि अपनाई आकासे पानी सोसेर सिधै जमिनमुनि जानसक्ने गरी बनाइएको जनाइएको छ । यसो हुँंदा काठमाडौं उपत्यकामा पानी पुनर्भरण (ग्राण्ड वाटर रिचार्जिङ) नहुने समस्या केही हदसम्म कम हुने विश्वास गरिएको छ । काठमाडौंका सडकहरूमा कालोपत्रे भई वर्षाको पानी पुनर्भरण हुन नपाउँंदा उपत्यकामा बर्सेनि पानीको सतह गहिरिँदै गएको छ । काठमाडौं उपत्यकामा बढ्दो सहरीकरणसँंगै त्यहाँं प्रयोग भएका कंक्रिटले आकाशे पानी जमिनमुनि जान पाएको छैन । आकाशे पानी ढल हुँंदै खोलाबाट समुद्रमा जाने गर्दा विगतका वर्षहरूमा काठमाडौं उपत्यकाका इनारहरू सुक्दै जानुका साथै बोरिङको पानी धेरै गहिराइमा पुगेको हो । यदि यो पानी सोस्ने ब्लक प्रयोग गर्ने हो भने केही हदसम्म यो समस्याको समाधान निष्कने विज्ञहरू बताउँंछन् ।
ब्लकमा विशेष प्रकारको केमिकल मिसाई गुणस्तरलाई मध्यनजर गरी पानी सोस्नसक्ने गरी उत्पादन गरिने जनाइएको छ । यसको माथि मानिस हिँड्न तथा हलुका सवारीसाधन गुडाउँंदा पनि फुट्नेलगायतका समस्या नहुने जनाइएको छ ।
ब्लक ग्राहकको चाहनाअनुरूप ३५ टन क्षमता भारवहन गर्न सक्ने मोटाइ र स्टे«न्ठ (बलियोपन) हुने कम्पनीले जनाएको छ । आफ्नो कम्पनीमा रहेको रिसर्च एण्ड डेभलपमेन्ट एकाइले यसको गुणस्तरलाई कायम राख्न भविष्यमा भरसक प्रयत्न गर्दै जाने पनि कम्पनीले जनाएको छ । ‘निर्माण सामग्रीमा हरित क्रान्ति’ भन्ने नाराका साथ कम्पनीले उत्पादन गर्न लागेको यो ब्लक उत्पादनमा कुनै पनि प्रदूषणयुक्त ऊर्जा प्रयोग नहुने जनाइएको छ ।
ब्लक स्वदेशमै उपलब्ध बालुवा, सिमेन्ट, गिटी र विशेष प्रकारको केमिकल मिसाई बनाइएको जनाइएको छ । यसको उत्पादन आवश्यकताअनुसार फरक–फरक आकार र रंगहरूमा पाइने जनाइएको छ । ब्लक आवश्यकताअनुसार ६० एमएमदेखि १ सय एमएमसम्ममा पाइने कम्पनीले जनाएको छ । यसको प्रयोग सामान्य डकर्मीले पनि गर्न सकिने जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्