नबिल बैंकको दसैं अफर «

नबिल बैंकको दसैं अफर

बडादसैंको उपलक्ष्यमा नबिल बैंकले ‘नबिल दसैं धमाका अफर’ ल्याएको छ ।
यस अफरअन्तर्गत नबिल बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले बिग मार्ट, दराज र किरानामा कार्ड प्रयोग गर्दा क्यासब्याक पाउने बैंकले जनाएको छ ।
उक्त अफरमा ग्राहकहरूले बिग मार्टमा १० प्रतिशत छुट वा अधिकतम ३०० रुपैयाँसम्म क्यासब्याक पाउने बैंकले जनाएको छ । उक्त अफर घटस्थापनाको दिन लागु हुने बैंकले जनााएको छ ।
यस्तै बैंकले किरानामा १५ प्रतिशतसम्म छुट वा अधिकतम एक हजार ५०० रुपैयाँसम्म क्यासब्याक पाउन सक्नेछन् । किराना पसलमा यो अफर अक्टोबर ४ देखि अक्टोबर ११ सम्म लागु हुने बैंकले जनाएको छ ।
दराजमा भने हरेक शुक्रबार १० प्रतिशत छुट वा अधिकतम ५०० रुपैयाँसम्म क्यासब्याक पाउने बैंकले जनाएको छ । यस अफरमार्फत नबिल बैंकले आफ्नो ग्राहकहरूमा दसैँको उपलक्ष्यमा नयाँ ‘हर्श’ ल्याउन खोजेको जनाएको छ । यस अफरको लाभ लिनको लागि नबिल बैंकको डेबिट अथवा क्रेडिट कार्ड आवश्यक पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्