मुक्तिनाथ बैंक र महेन्द्रनारायण निधि अस्पतालबीच सम्झौता

मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुलाई थप सेवा दिन महेन्द्रनारायण निधि मेमोरियल अस्पतालसँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता गरेको छ ।
सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुले बसुन्धारामा रहेको महेन्द्र नारायण निधि मेमोरियल अस्पतालमा बेड चार्ज, डाएग्नोस्टिक–इन हाउस, र्फामेसी, प्रक्रियामा १० प्रतिशतसम्म छुट पाउन सक्नेछन् ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।