कामना सेवाको अनलाइन डिम्याट सुविधा «

कामना सेवाको अनलाइन डिम्याट सुविधा

कामना सेवा विकास बैंकले अनलाईन मार्फत डिम्याट सुविधा सञ्चालनमा ल्याएको छ ।
अब बैंकमा बचत खाता भएका ग्राहकहरुले घरमै बसी सहज रुपमा बैंकको अनलाइनमार्फत डिम्याट खाता तथा मेरोसेयर खोल्न सक्नेछन् । अनलाइन मार्फत खाताको लागि आवेदन दिएको केही समयमै डिम्याट खाता खोलिने व्यवस्था बैंकले गरेको छ ।
बैंकमा खाता नभएका ग्राहकले अनलाइनबाटै उच्चतम ब्याजदर सहितको बैंकको नयाँ ‘शुभलाभ लगानी बचत खाता’ खोली यो सुविधा उपभोग गर्न सक्नेछन् । जसअन्तर्गत ग्राहकले प्रथम वर्ष शुल्क मोबाइल तथा इन्टरनेट बैकिङ, तथा लकर सुविधा प्राप्त गर्न सक्नेछन् । देशभर फैलिएका बैंकको १२९ शाखा तथा एक विस्तारीत शाखाबाट डिम्याट खाता सम्बन्धी सुविधाहरु सजिलै प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्